भक्तपुर जिल्ला ज्ञानमाला भजनको साधारणसभा तथा उपसमिति गठन सम्पन्न
ने.सं.११४५ कौलाथ्व पञ्चमी,२०८२ असोज ११ गते शनिबार दिनमा नेपाल राष्ट्रिय ज्ञानमाला समिति अन्तर्गत भक्तपुर जिल्ला उपसमितिको साधारणसभा तथा उपसमिति गठन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा पाटी विहारमा वर्षावास बसी राख्नु भएका भिक्षु संघरक्षित महास्थविरज्यूबाट पञ्चशील प्रदान गर्नु भयो । त्यस्तै वहाँले ज्...