सन्दर्भ : हरिवोधनी एकादशी
कार्तिक १५, २०८२, शनिबार | विहान ०९:४४ बजे | 80
सुनील सापकोटा
बिराटनगर मो. ९८४२०२६२३३
आज कार्तिक शुक्ल पक्षको हरिवोधनी एकादशी , तुलसी विवाहको दिन हो । यसलाई देवोत्थान एकादशी पनि भनिन्छ । हिन्दुधर्म संस्कृति अनुसार भगवान बिष्णु जो चार महिना अधि सम्म सुत्नु भएको थियो,आज निद्रा बाट जाग्नु भयो अरे । हिन्दु धर्मावलम्बीहरुले चार महिनामा कुनैपनि विवाह आदि मांगलिक कार्य गर्दैनन् । निषेध छ । भगवान बिष्णु जागेपछी मात्र यो एकादशी बाट शुभ तथा मांगलिक कार्यहरु शुरु गर्ने चलन छ । सांस्कृतिक दृष्टिले यस दिन देखि हिन्दुहरुको विवाह, उपनयन, गृहप्रवेश, धार्मिक कार्यहरू गर्न शुभ मानिन्छ । किनकि हिन्दु धर्मावलम्बीहरुमा देव जागेपछि शुभ कार्यहरू प्रारम्भ हुने परम्परा छ। आज नेपालका मठ मन्दिरहरूमा विशेष हरिवोद्धनी मेला पनि लाग्ने गरेकोछ। यो दिन भगवान् बिष्णुको पूजापाठ ,भक्ति र जागरणले जीवनमा शुभता र पवित्रता ल्याउने विश्वास छ। हिजोआज हिन्दु धर्मावलम्बीहरुमा भएका धेरै सम्प्रदायहरुले र आधुनिक मानिसहरुले यो परम्परालाई चुनौती दिएको देखिएको छ । उनीहरुको भनाइमा बिष्णु तथा अन्य देवताहरु काहीं सुत्छन र ? अन्त्यमा , आज देखि सुतेको देव त जाग्नु भयो , तर थाहा छैन , हाम्रा हिन्दु नेपाली देशवासी यहाँ कहिले जाग्ने हुन ? यहाँ बर्षौं देखि चलिरहेको भ्रस्टाचार , बेथितिहरु लाई कहिले अन्त्य गरि नेपाललाई समृद्धिको दिशातिर लग्ने हुन् ? हरिवोधनी एकादशीको अवसरमा सबैमा मेरो शुभकामना ----
