आधारभूत बासुरी बाजा प्रशिक्षण शुभारम्भ


भदौ २६, २०८२, बिहीबार | विहान ०८:५९ बजे | 85


आधारभूत बासुरी बाजा प्रशिक्षण शुभारम्भ

भक्तपुर । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सास्कृतिक उप–समितिको आयोजनामा  आधारभूत बा“सुरी बाजा प्रशिक्षण शुभारम्भ भएको छ । प्रशिक्ष्ँणको औपचारीक कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजन जतिले हामीले सिकेको कुनैपनि सीपलाई आफु स“ग मात्र सिमित नराखि निरन्तर रुपमा उपयोग गर्दै जानुपर्ने कुरा बताउनु भयो । साथै संस्था स्थापनाकाल देखि विभिन्न सांस्कृतिक र शिपमूलक तालिमहरु संचालन गर्दै सदस्यहरुलाई शिक्षा दिन्दै आएको बताउनुभयो । समुदायमा आधारित सहकारीहरुले समाजलाई नै अगाडि बढाउने किसीमको कार्यक्रम गर्दै जानुपर्ने कुरा राख्दै प्रशिक्षणमा सहभागी सबैले राम्रो स“ग सिक्न सकोस भनि शुभकामना व्यक्त गर्नु भयो ।
उक्त प्रशिक्षणका प्रशिक्षक रभिम कपालीले भक्तपुरको मुर्त र अर्मुत सम्पदाहरुको महत्वकाबारेमा बताउनु भयो । बा“सुरी बाजा हाम्रो परापूर्व कालदेखि नै एक पुष्टाबाट अर्को पुष्टामा पुष्टान्तरण हु“दै आएको र यो एक अर्मुत  सम्पदाको रुपमा विकास भएकोले यसलाई हामीले यसरी नै संघ, संस्था मार्फत निरन्तर रुपमा सिकाउदै अगाडि लानु पर्ने कुरा बताउनुभयो । 
आयोजक उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति कमलश्वरी सुवालले प्रशिक्ष्ाँर्थीहरुले प्रशिक्षण समयमा धैर्य, सम्य र आत्मविश्वसका साथ सिक्न सुझाव दिनुभयो । कार्यममा आयोजक उपसमितिका सदस्य दिलप्रसाद सुवाल र एल.के सुन्दर कर्माचार्यले पनि बोल्नु भएको थियो । प्रशिक्षणमा २५ जना प्रशिक्ष्ाँर्थीहरुको सहभागिता रहेको छ ।

Comments