जिव्रो छेड्ने जात्रा पहिलो पटक भक्तपुरमाः स्थानीय उत्साहित


भदौ २३, २०८२, सोमबार | राति ०९:३९ बजे | 75


जिव्रो छेड्ने जात्रा पहिलो पटक भक्तपुरमाः स्थानीय उत्साहित

भक्तपुर । इतिहासमै पहिलो पटक भक्तपुरको मध्यपुर थिमिमा भएको जिव्रो छेड्ने जात्रा आइतबार राति भक्तपुर पुगेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४  (क्वलाखु) बालकुमारी निवासी वीरेन्द्रभक्त गजू श्रेष्ठले इच्छाएपछि ‘येँयाः पुन्हिया लसताय् म्येप्वाः खानेगु जात्रा’मा जिब्रो छेडेका वीरेन्द्रभक्तसहितको टोली राति भक्तपुर पुगेको थियो । जिव्रो छेडने व्यक्तिले इच्छाएको ठाउँंमा टोली पुग्ने गर्दछ । यसअघि गतवर्ष पशुपतिनाथ पुगेको थियो । 
टोलीलाई भक्तपुरबासीले भव्य स्वागत गरेका थिए । उनीहरु भक्तपुरको च्वगागणेशस्थान हुँंदै भक्तपुर पुगेको थियो । त्यहाँं उनीहरुलाई सल्लाघारीस्थित नेवाः ननी रेष्टुरेन्ट र संगै रहेको नेपाल इको प्यानलले राति पनि भव्य स्वागत गरेको नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सिइओ इन्जिनियर कृष्णभक्त दुवालले जनाए ।  
विभिन्न कारणले यो जात्रा बन्द भएको थियो । परापूर्वकालदेखि चल्दै आएको जात्रा २०२६ सालसम्म चलेको बताइएको छ । त्यसपछि बन्द भएको जात्रालाई जिवित पार्दै बीरेन्द्रभक्तले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाएका थिए । त्यसपछि २०७९ र २०८१ मा पनि उनैले जिब्रो छेडाए । यो वर्ष चौथौ पटक उनले जिव्रो छेडाउने भएका हुन् । २०७४ को वीचमा भने अन्यले जिव्रो छेडाएका थिए ।
यो वर्ष मध्यपुर थिमिको दिगुटोलबाट सुरु भएको थियो । त्यहाबाट मध्यपुर थिमिकै बालकुमारी मन्दिर, तछुटोल (गांतले), बिष्णुबीर मन्दिर, यमाटोल, मरुटोल, शंखधर चोक, दक्षिण बाराही मन्दिर (क्वाछेँ), सोही रुट भएर शंखधर चोक थिमि, ताकुबा हुँदै राधेराधे पुगेको थियो । त्यसपछि मध्यपुर थिमि तरेर भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारी पुगेको थियो । त्यहाँंबाट क्रमशः भक्तपुर नगरको चोङा गणेश, सिद्धपोखरी, नःपुखू, दरबार स्क्वायर, न्यातापौ देगः (तःमारी), सुकुलढोका, दत्तात्रय मन्दिर (तचपाः), क्वाठण्डौं,  नवदुर्गा मन्दिर (द्यःछेँ), साःक्वलान हुँदै न्यातापौ देगः (तःमारी) फिर्ता भएको थियो । त्यहाबाट पुनः भक्तपुर नगरकै बंशगोपाल, सिद्धपोखरी, चोङा गणेश हुँंदै मध्यपुर थिमि नगरपालिका क्षेत्रको निकोसेरा पुगेको थियो । त्यहाँंबाट मध्यपुर थिमि नगरपालिका क्षेत्रको नगरपालिका चोक, पाटी बिहार, गुङ्गः चिवाः, भीमसेन चोक, गणेश स्कूल हुँदै नगदेश, सिद्दी गणेश मन्दिर, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भुलांख्यः, चोदे टोल, निगूपुखू, (क्वलाखु) बालकुमारी मन्दिर पुगेर समापन भएको थियो । 
 

Comments