सन्दर्भ : विश्वकर्मा पूजा


असोज १, २०८२, बुधबार | दिउँसो ०२:५५ बजे | 120


सन्दर्भ : विश्वकर्मा पूजा

सुनील सापकोटा

आज बिक्रमको २०८२ साल आश्विन संक्रान्तिका दिन शरद ऋतु को आरम्भका साथै विश्वकर्मा पूजा पर्व पनि हो। भारत बर्षको त्यो प्राचीन काल खण्डको बैज्ञानिक , इन्जिनियर र शिल्पकार बिश्व कर्मा बारे छोटकरीमा केही लेख्न मन लागेर लेखें। हाम्रो प्राचीन आर्य धर्म , कानुन , सभ्यता र संस्कृतिको बिकाशमा जसरी अन्य आर्य ऋषिहरुको भूमिका रहेको थियो, त्यस्तै नै त्यो कालमा बाबा बिश्वकर्माको पनि ठुलो देन रहेको थियो भनिन्छ । त्यो बेला वहाँले खाने पानीका लागि कुआं , पानीमा यात्रा गर्न ढुंगा जमिनमा रथ, बग्गी, शिकारका लागी घातक हात हतियार , कृषि का लागि कृषि यन्त्रहरुका साथै घरहरु , महलहरु , नगरहरु समेत वहाँले त्यो प्राचीन कालमा निर्माण गरेको पाइन्छ। यो बाहेक भगवान बिष्णुको सुदर्शन चक्र , शिवको त्रीशूल, यमराज को कालदण्डको वहाँले निर्माण गर्नु भएको थियो अरे। त्यस्तै भब्य महलहरु , नगरहरु निर्माण क्षेत्रको कार्यमा उहाँले इन्द्रपुरी , वरुण पुरी , कुवेरपुरी , पाण्डवपुरी, हस्तिनापुर जस्ता आदि पर्दछन। अचम्म के छ भने वहाँले त्रेतायुग देखि द्वापर युग सम्म यन्त्रहरु , हात हतियारहरु , भब्य महलहरु , नगरहरुको रचना गरेको पाइन्छ । त्यो बेला बैज्ञानिक वा इन्जिनियरलाई बिश्वकर्मा भन्ने चलन थियो होला। लेखक लाई ब्यास भने जस्तै। हिन्दु धर्मावलम्बीको चाडपर्वहरु प्रायः इश्वर संग जोडीएका हुन्छन् । पुराणका कुराहरु इतिहास नभएर एउटा मिथक भए पनि त्यो हिन्दुहरु लागि यथार्थ जस्तै हो। मिथक हाम्रो युगकालिन स्मृतिको विभिन्न तहहरु मा चट्टान जस्तो भएर बसेको हुन्छ होला। मेरो एकजना धनिष्ट मित्रले मलाई भन्ने गर्नु हुन्छ - " मिथक एउटा श्रुति भएपनि सत्य हो। जो अधुरो र थपथाप भएपनि हाम्रो पूर्खाको डिएनए बाट आएको चेतन मनको प्रवृत्ति हो। जो आज सम्म पनि सर्दैसर्दै हामि संग अझै सम्म हाम्रो भावनामा जिवितै रहेको छ। कयौं युगहरु बिते तर त्यस्को अवशेष हामि र हाम्रा भावि सन्ततिहरु सम्म ति बितेका समयहरु को प्रवाह निरन्तर नदि झैं बगि रहेको छ " उहाँको यो कुरा सुन्दा मलाई पनि लाग्छ कि मिथकहरुमा मनुष्य जीवन को युग - युगिन स्मृतिहरु समाहित छन। तर दु:खको कुरा यो छ कि हाम्रा लोक कथाहरु , मिथकहरु इतिहासका पुराना रचना भएर पनि ति इतिहास मनिदैन। अत्यमा , विश्वकर्मा पूजाको पावन अवसरमा सबैको जीवनमा सफलता, समृद्धि र प्रगतिको उज्यालो छाओस्। तपाईँका श्रम, सीप र उपकरण सदैव शुभ फलदायी होस् भन्ने शुभकामना !

Comments