दशैको टिका आजै सकियो


भदौ १८, २०८२, बुधबार | विहान १०:२५ बजे | 135


दशैको टिका आजै सकियो

प्रताप राना
काठमाडौ । पर्व समय सुधार राष्ट्रिय समाज नेपालले कलंकीस्थित कृपा भेनु पार्टी प्यालेसमा ३ जना प्रमुख अतिथिहरू १०४ वर्षकी मनकुमारी शिल्पकार, प्राडा मोहन प्र तिमिल्सिना र दीलिपनाथ योगीको प्रमुख आतिथ्यमा एक विशेष समारोहबिच भव्य र सब्य ढंगबाट विजय दशमीको टिका लगाउने कार्यक्रम समापन भएको छ । उक्त कार्यक्रममा सभापति प्राडा जयन्त आचार्य, संयोजक बलराम श्रेष्ठ, स्वागत मन्तव्य नेवा पुचका अध्यक्ष प्रभाकर महर्जन, शुभकामना मन्तव्य जेष्ठ नागरिक समाज नेपालका अध्यक्ष चिरञ्जीवी कडेल र अन्यबाट मन्तव्य कविता वाचन गरि विभिन्न विज्ञ र विशिष्ट महानुभावहरूको बाक्लो सहभागीमा टिका लगाउने कार्यक्रम समापन भएको छ ।
 

Comments