निओ फ्युजनको धिमेबाजा, धाँ बाजा, बाँसुरी र पछिमा बाजा सम्पन्न
भदौ १९, २०८२, बिहीबार | राति ०७:४७ बजे | 560
भक्तपुर । निओ फ्युजन स्कुल अफ कम्प्युटरद्वारा सञ्चालित निओ फ्युजन बाजा समुहको १३ पटकको बाजा प्रशिक्षण सम्पन्न गरिएको छ ।
संगितमय भक्तपुरलाई कला, परम्परा, रितिरिवाज, चार्डपर्व, संस्कृतिले विश्व सामु परिचित हुन्दै गर्दा यस किसिमको बाजाहरु निःशुल्क रुपमले प्रशिक्षण दिँदै युवा तथा बालबालिकाहरुमा आफ्ना पहिचान गराउन कार्यक्रमहरु अघि बढाइरहेको निओ फ्युजन स्कुल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले बताउनु भयो । युवा तथा बालबालिका लक्षित विविध सीपमुलक तालिम दिनुका साथै निःशुल्क विभिन्न गतिविधिले गर्दा स्वदेश प्रेम तथा संस्कृति पे्रमी युवाहरु एकजुत गरिदै आइरहेको बनमाला बताउँछन् ।
निओ फ्युजन बाजा समुहका सल्लाहकार लक्ष्मीप्रसाद बनमालाको संयोकत्वमा १३ औं बाजा प्रशिक्षण सम्पन्न भएको छ । युवाहरुले विविध गतिविधिहरुमा यस किसिमका गतिविधिहरुले युवाहरुलाई कुलत तथा उत्शृखल कामबाट पछि हटेको विश्वास बनमालाले लिएको बताउनु भयो ।
बाजा समुहका अध्यक्ष सविन लेवाले युवा तथा बालबालिकाहरुलाई बाजाको तालिम दिँदा हाल गैर नेवारहरुले निकै ध्यान दिएर सिकेको बताउनु भयो । यस बाजा प्रशिक्षणमा मात्र १७ जना गैर नेवारहरुको सहभागिता रहेको बताउनु भयो । तालिम दिँदा आफुले जानेको बाजा १० वर्र्षदेखि सिकाउँदै आइरहेको बताउनु भयो । निओ फ्युजनको साथले आफु यस स्थानसम्म आउन सफल भएको बताउनु भयो ।
बाजा प्रशिक्षक उगेन बोयजुले ११ वर्षदेखि निरन्तर निओ फ्युजनमा धिमे तथा धाँ बाजा सिकाउँदै आइरहेको तथा विशेषत धिमेबाजामा आफु निमुन्न रहेको बताउनु भयो । बाजा बजाउँदा आफुमा एक किसिमको भाव पैदा भएको छ जुन आफुले गरेका जतिसुकै दुःख तथा समस्या भएतापनि बाजाको धुनले आफुलाई आनन्द आएको बताउनु भयो । त्यस कारणले पनि आजसम्म पनि बाजामा आफ्नो लगाव रहेको बताउनु भयो ।
निओ फ्युजनको यो प्रशिक्षण १३ औं पटकको भएको छ । जसमा धिमेबाजा ६ पटक, धाँ बाजा ४ पटक, बाँसुरी ३ पटक र पछिमा २ पटक सिकाएको आयोजक समितिले जनाएको छ । यस वर्षमा सयोैं जनाको सहभागिता रहेको छ । यस सहभागिताले युवा तथा बालबालिकाहरुमा बाजा प्रतिको मोह बढेको बताउनु भयो ।