दौडाइयो खम्येः अव सुकुन्दा रयाली
असोज १५, २०८२, बुधबार | साँझ ०४:४२ बजे | 175
भक्तपुर । भक्तपुरको खम्ये जात्रा अन्तर्गत बुधबार द्योछेंबाट खम्येलाई ब्रम्हायणी पुरयाइएको छ । परम्परा अनुसार भक्तपुरको नवदुर्गा द्योछेंमा पालिएको खम्येलाई नगर परिक्रमा गरी ब्रम्हायणी पुरयाइएको हो । द्योछेंबाट खम्येलाई दतात्रय, सूर्यमढी, च्याम्हासिंह हुँंदै ब्रम्हायणी पुरयाइएको हो ।
खम्येलाई आज राति बध गर्ने परम्परा छ । यसपछि भोलि विहानदेखि त्यहाँं दिनभर मेला लाग्नेछ । मेला भर्न दसौं हजार भक्तालुहरु त्यहाँं आउने गर्दछन् ।
यसैवची अहिले पाँंच बजेबाट सुकुन्दा रयाली हुँंदैछ । द्योछेंबाट व्रम्हायणीसम्म नै रयाली हुने भएको हो । रयालीमा इच्छुक जोकोहीले पनि सहभागिता जनाउन सकिने जनाइएको छ ।