भक्तपुर जिल्ला ज्ञानमाला भजनको साधारणसभा तथा उपसमिति गठन सम्पन्न
असोज १२, २०८२, आइतबार | विहान ११:३४ बजे | 255
ने.सं.११४५ कौलाथ्व पञ्चमी,२०८२ असोज ११ गते शनिबार दिनमा नेपाल राष्ट्रिय ज्ञानमाला समिति अन्तर्गत भक्तपुर जिल्ला उपसमितिको साधारणसभा तथा उपसमिति गठन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा पाटी विहारमा वर्षावास बसी राख्नु भएका भिक्षु संघरक्षित महास्थविरज्यूबाट पञ्चशील प्रदान गर्नु भयो । त्यस्तै वहाँले ज्ञानमाला भजन नेपाल भाषामा मात्र होइन अन्य विविध भाषाभाषीहरूले पनि गाउन सक्ने वातावरण बनाउनु पर्छ । जसले गर्दा बुद्धको शिक्षा संगीत माध्यमबाट प्रचारप्रसार गर्न सकिन्छ भन्नू भयो । राष्ट्रिय ज्ञानमाला संघ नेपालका अध्यक्ष श्रीमति रमना श्रेष्ठज्यूले ज्ञानमाला भजन गाउनु मनोरञ्जनको लागिं मात्र होईन । बुद्धले दिनुभएको उपदेश,ज्ञानको महत्व बुझेर गाउनु पर्ने बताउनु भयो । यसैक्रममा सल्लाहकार डा. पुष्परत्न शाक्यज्यूले ज्ञानमाला भजन राम्रोसँग व्यवस्थापन गरेरमात्र समाजमा बुद्धका व्यवहारिक शिक्षा प्रचारप्रसार गर्न सकिने बततउनु भयो । बौद्ध विद्वान एवं मथिनपा वडा नं.७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति र केन्द्रीय महासचिव ईन्द्रमुनि शाक्यले बुद्ध शिक्षा प्रचारमा ज्ञानमाला भजनको योगदान विधानमा उल्लेखित कुरा बताउनु भयो । कार्यक्रममा राष्ट्रिय ज्ञानमाला संघ नेपाल,भक्तपुर जिल्ला उपसमितिका सचिव तुलसीकाजी मानन्धरले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष कृष्णभक्त हाँय्जुले आर्थिक प्रतिवेदन दिनुभयो । कार्यक्रम भक्तपुर जिल्ला संयोजक गणेशराम प्रजापतिको सभापतित्वमा स्वागत मन्तव्य सभापति दिनुभयो भने धन्यवाद ज्ञापन सह-संयोजक गौतम बज्राचार्यले दिनुभयो । कार्यक्रम संचालन सह-सचिव ज्ञानेन्द्र मानन्धरले गर्नुभएको भयो । दोश्रो शेषणको अधिवेशबाट नयाँ कार्यसमिति चयन गरेको थियो । राष्ट्रिय ज्ञानमाला सघ नेपाल अन्तर्गत भक्तपुर जिल्ला उपसमितिको लागिं भक्तपुर ज्ञानमाल उपसमिति पदाधिकारीहरूमा संयोजकः श्री गौतम बज्राचार्य,सह-संयोजक: श्री तुलसीकाजी मानन्धर, सचिबः श्री कृष्णभक्त हाँय्जु, कोषाध्यक्षः श्री ज्ञानेन्द्र मानन्धर, सह-सचिव: श्रीमती सुमित्रा मानन्धर,सह-कोषाध्यक्ष : श्री चनेलाल मानन्धर रहनु भयो भने सदस्यहरूमा, श्री श्यामकृष्ण डंगोल, सदस्यः श्री रत्नभक्त हाँय्जु, सदस्यः श्रीमती सुभद्रा यालानाश, सदस्यः श्री अष्टबहादुर कवे,सदस्यः श्री रोशन बज्राचार्य,श्रीमती नन्दकुमारी बज्राचार्य, सदस्य: श्री बालकृष्ण प्रजापति,श्रीमती सुभद्रा दुमरू लगायत १९ सदस्यीय कार्यसमिति गठन गरेको थियोे ।
