५१२ औं दिव्य धर्म यज्ञ दिवस महासामागमको भव्य तयारी, विश्वलाई खुल्ला निमन्त्रणा


कार्तिक १७, २०८२, सोमबार | साँझ ०४:४७ बजे | 570


५१२ औं दिव्य धर्म यज्ञ दिवस महासामागमको भव्य तयारी, विश्वलाई खुल्ला निमन्त्रणा

धनुषा, १७ कार्तिक । सन्त रामपाल जी महाराजको पावन सान्निध्यमा आगामी कार्तिक १८ देखि २० गतेसम्म (नोभेम्बर ४ देखि ६, २०२५) सतलोक आश्रम, धनुषा (मिथिला न.पा.-२, बेलाचापी, महेन्द्रनगर पुलदेखि पश्चिम) मा ५१२औं "दिव्य धर्म यज्ञ दिवस-२०८२" को तयारी धुमधामका साथ भइरहेको छ। भारतका १२ वटा सतलोक आश्रमहरूमा पनि यो ऐतिहासिक उत्सवको जोडतोडले तयारी चलिरहेको छ ।
करिब ५१२ वर्षअघि कबीर साहेबले काशीमा १८ लाख साधु सन्तहरूलाई तीन दिनसम्म मोहन भण्डारा गराएर "सत्य धर्म" को सन्देश दिनुभएको थियो । त्यसै दिव्य लीलाको स्मृतिमा यो दिवस मनाइने गरिएको छ । सन्त रामपाल जी महाराजले उक्त सन्देशलाई जीवित राख्दै समाजमा यथार्थ शास्त्र अनुसार भक्ति र सत्यज्ञान फैलाइरहनु भएको छ ।

यस कार्यक्रममा तीन दिवसीय अखण्ड भण्डारा गराइने छ जसमा शुद्ध घिउमा बनेको लड्डू, जेरी, हलुवा, पूरी, तरकारी, सब्जी, अचार, आदि वितरण गरिनेछ । सन्त गरीबदासजी महाराज द्वारा लिखित "अमर ग्रन्थ साहिब" को तीन दिवसीय अखण्ड पाठ गरिनेछ । शुद्ध घिउमा अखण्ड ज्योति पनि प्रज्वलित गरिन्छ जसलाई हवन यज्ञ भनिन्छ । विभिन्न सन्त तथा महापुरुषहरुको जिवनमा आधारित आध्यात्मिक प्रदर्शनी पनि लगाइनेछ । दाइजो तथा आडम्बर रहीत विवाह समारोहले  वैवाहिक कार्यक्रमको नयाँ उदाहरण पेस गर्नेछ ।"मानव सेवा नै सच्चा धर्म" को भावनासहित रक्तदान शिविर सञ्चालन हुनेछ । निःशुल्क नाम दीक्षामा सन्त रामपाल जी महाराजको साक्षात्कारमा साँचो मोक्षमार्गमा प्रवेश गराइने छ ।
यो उत्सवले आध्यात्मिक चेतना जगाउने, यथार्थ शास्त्रअनुसार भक्ति ज्ञान प्रचार गर्ने र सबै जात,धर्म तथा देशका मानिसबीच प्रेम, भाइचारा तथा शान्तिको सन्देश फैलाउने उद्देश्य बोकेको छ ।
पूर्ण ब्रह्म कबीर उपासक समाज, नेपालले सबै श्रद्धालु, भक्त र समाजसेवीहरूलाई यो दुर्लभ आध्यात्मिक अवसरमा सहभागी भई सत्यज्ञानको ज्योति ग्रहण गर्न र मानवताको सेवा मार्गमा अग्रसर हुन हार्दिक निमन्त्रणा गरेको छ । "सत्य धर्म त्यो हो जसले सबै जीवप्रति दया, करुणा र समानता जगाउँछ । भक्ति त्यो हो जसले मनुष्यलाई भगवानको सत्यज्ञानतर्फ डोर्याउँछ र मोक्ष गराउछ।" यो सन्देशसहितको महा उत्सवमा उपस्थित भई जीवनलाई सार्थक बनाउने सुनौलो मौका नगुमाउनुहोस्, पुण्यलाभ गरि मोक्षको बाटो समाउनहोस् ।

आयोजक:- पूर्ण ब्रह्म कवीर उपासक समाज नेपाल

Comments