मनोहरा खोलामा दुर्लभ आगन्तुक चरा : गेरुमुहार चाँचरको काठमाडौं उपत्यकाको पहिलो अभिलेख
काठमाडौं उपत्यकामा तीव्र सहरीकरणसँगै मनोहरा खोला प्रायः प्रदूषण, अतिक्रमण र अव्यवस्थित विकासका कारण मात्र चर्चामा आउने गरेको छ। तर यही नदी प्रणालीले उपत्यकाको जैविक विविधता संरक्षणमा कति महत्त्वपूर्ण भूमिका खेलेको छ भन्ने तथ्य हालै अभिलेखित एक दुर्लभ आगन्तुक चराले पुनः उजागर गरेको छ। मनोहरा खोलाको स...