रास्वपा भनपा २ समिति गठनः कोको छन् कार्यसमितिमा ?


माघ २, २०८२, शुक्रबार | दिउँसो ०१:३४ बजे | 515


रास्वपा भनपा २ समिति गठनः कोको छन् कार्यसमितिमा ?

भक्तपुर । राष्टिय स्वतन्त्र पार्टी भक्तपुर नगरपालिका अन्तर्गत वडा नं. २ को वडा ऐतिहासिक प्रथम अधिवेशन शुक्रबार भक्तपुरमा सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनले अनिल कोजूको सभापतित्वमा नौ सदस्यीय वडा कमिटी गठन भएको छ । पार्टीका केन्द्रिय सदस्य समिक्षा बास्कोटाको अध्यक्षमा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष रामेश्वर वस्नेत, भक्तपुर नगर अध्यक्ष राजेश शिल्पकारलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमबाट अभियन्ता सत्य त्वायना, देको मिवा इटापाके जग्गा एकीकरण आयोजनाका पूर्व अध्यक्ष संञ्चज्ञान याकामीलगायतका दर्जन वडाबासीहरु पार्टी प्रवेश गरेक थिए । 
भक्तपुर नगरपालिका क्षेत्रमा वडा समिति गठन भएको यो पहिलो हो । भक्तपुर नगरमा नगर समिति मात्रै गठन भएको छ । यसअघि जिल्लाका अन्य तीन वटै नगरपालिकाहरुमा भने नगरका साथै वडा समितिहरु समेत गठन भइसकेका छन् ।  
अधिवेशनबाट सर्वसम्मत बनेका पदाधिकारीहरु ।
 १. अनिल कोजु — सभापति
 २. राम सितिखु — उपसभापति
 ३. दिनेश खोतेजा — सदस्य
 ४. राम सुन्दर सितिखु — सदस्य
 ५. राजा राम सुवाल — सदस्य
 ६. कृष्ण प्रसाद घतुव — सदस्य
 ७. लक्ष्मी नारायण कोजु — सदस्य
 ८. सिता राम कोजु — सदस्य
 ९. बुद्धि नारायण कोजु — सदस्य

फाेटाेमा हेर्नुहाेस्...

रास्वपा भनपा २ समिति गठनः कोको छन् कार्यसमितिमा ?

Comments