ब्यासीका अभियन्ता सत्य त्वायना रास्वपा प्रवेश


माघ २, २०८२, शुक्रबार | विहान ११:५५ बजे | 1875


ब्यासीका अभियन्ता सत्य त्वायना रास्वपा प्रवेश

भक्तपुर । भक्तपुरको देको मिवा इटापाके जग्गा एकीकरण आयोजना संघर्ष समितिका सल्लाहकार अभिवक्ता सत्य त्वायना राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । पार्टीले शुक्रबार भक्तपुर नगरपालिका वडा न. २ गठन गर्न गरेको कार्यक्रममा त्वायना रास्वपा प्रवेश गरेका हुन् । त्वायनालाई कार्यक्रमका प्रमुख अतिथि एवं पार्टीका केन्द्रिय सदस्य समिक्षा बास्कोटालगायतले पार्टी प्रवेश गराएका हुन् ।
त्वायना अभियन्ता हुन् । साथै उनी अधिवक्ता पनि हुन् । उनले पछिल्लो स्थानीय निकायको निर्वाचनमा स्वतन्त्रबाट (स्वतन्त्र पार्टीबाट होइन) खयारो चिन्ह लिएर भक्तपुर नगरपालिकाका प्रमुखमा उम्मेदबारी दिएका थिए । 
 

Comments