ठिमी जेसीजको अध्यक्षमा संजिप श्रेष्ठ
माघ २, २०८२, शुक्रबार | राति ०८:५४ बजे | 175
सागर गुरागाईं
मध्यपुर थिमि – मध्यपुर थिमिको अग्रणी सामाजिक संस्था ठिमी जेसीज् वर्ष २०२६ को अध्यक्षमा संजिप श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । ठिमी जेसीज्को ३३ औं पद्स्थापन एवं पुरस्कार कार्यक्रममा उक्त जानकारी दिइएको हो । त्यसैगरि ठिमी जेसीज्को निवर्तमान अध्यक्ष प्रजिता श्रेष्ठ, कार्यकारी उपाध्यक्ष द्धयमा प्रलिन श्रेष्ठ र रेवत श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरि पूर्वअध्यक्ष उज्जवल श्रेष्ठ कानुनी सल्लाहकारमा र महासचिवमा रिया कायस्थ चयन हुनुभएको छ । कोषाध्यक्षमा ओशिनी दली र सहसचिवमा कृतिका श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरि ठिमी जेसीज् वर्ष २०२६ को उपाध्यक्षहरुमा अनुजा श्रेष्ठ, सुमिर श्रेष्ठ, रस्किन श्रेष्ठ र जेनिश श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरि जनसम्पर्कमा रिया श्रेष्ठ, तालिम संयोजकमा दिया श्रेष्ठ र प्रकाशनमा रुबिन श्रेष्ठ चयन हुनुभएको छ । जेसी पूजा श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले नवयुवाहरु रहेको ठिमी जेसीज्ले मध्यपुर थिमि नगरलाई पर्यटकीय नगरी बनाउन थप मद्दत पुग्ने बताउँदै युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा जेसीज्ले पु¥याएको योगदानको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नूभयो । कार्यक्रममा नेपाल जेसीज्का केन्द्रिय उपाध्यक्ष विकेश श्रेष्ठले नेपाल जेसीज्का १ सय ८६ शाखाहरु रहेको जानकारी दिनुभयो । कार्यक्रममा मथिनपा वडा नं. २ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, नेपाल जेसीज्का पूर्व राष्ट्रिय उपाध्यक्ष एवं ठिमी जेसीज्का पूर्वअध्यक्ष विजय श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले जेसीज्को अर्थ, उद्देश्य र महत्व सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जेसी रिया कायस्थले संचालन गर्नुभएको उक्त कार्यक्रममा जेसीहरु पूजा श्रेष्ठ, संजिप श्रेष्ठ (अध्यक्ष २०२६), कृतिका श्रेष्ठ, ठिमी जेसीज्की पूर्व अध्यक्ष प्रजिता श्रेष्ठ, प्रलिन श्रेष्ठ लगायतले ठिमी जेसीज्ले हालसम्म सामाजिक, युवा केन्द्रित, व्यक्तित्व एवं नेतृत्व विकास र प्रतिभा प्रदर्शनका कार्यहरु गर्दै आएको जानकारी दिनुभयो । ठिमी बैंक्वेटमा भएको उक्त कार्यक्रममा ओशनी दली र प्रलिन श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका र बागमती प्रदेशका विभिन्न शाखाबाट आएका २ दर्जन बढी जेसीज्का अध्यक्षहरुलाई मायाको चिनो सहित स्वागत र सम्मान गरिएको थियो ।
.jpg)