राममन्दिर र भुलाचामा पसल अनुगमनः कस्तो छ अवस्था?
पुष २९, २०८२, मङ्गलबार | साँझ ०५:३३ बजे | 140
भक्तपुर, २९ पौष । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा राममन्दिर भुला“चामा १० वटा पसलहरुमा अनुगमन भयो । अनुगमनमा धरै पसलहरु दर्ता नभएको र बाटोको मापदण्ड र खोलाको मापदण्ड छोडेको स्थानमा रहेको पसलहरु हटाउन निर्देशन दिएको संयोजक गोराले बताउनु भयो ।
स्टाण्डर च्वाइस टेलर्स बिना दर्ता संचालन भएकोले तीन दिन भित्र पसल दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । त्यस्तै राममन्दिर खोला छेउमा राखेको चार पा“च वटा लुगाफाटा पसलहरु हटाउन र बिना दर्ता संचालन भएकोले तीन दिन भित्र पसल दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । त्यस्तै शेर्पा आउटर प्रा.लि. दर्ता कागजात पसलमा नभएकोले दर्ता कागजात सहित तीन दिन भित्र पसल दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
मिनिशपा नेपाल प्रा.लि. नविकरण नभएको तीन दिनभित्र नविकरण गर्न निर्देशन दियो । क्यूब सेभेन बिना दर्ता संचालन भएकोले तीन दिन भित्र पसल दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
कमला तामाड्डको किराना पसल बिना दर्ता संचालन भएकोले तीन दिन भित्र पसल दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । जेज्ली स्टाइल दर्ता कागजात नभएकोले तीन दिन भित्र पसल दर्ता कागजात सहित नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
फोटो मेमोरि बिना दर्ता संचालन भएकोले तीन दिन भित्र पसल दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । मिनि म्याजिक एन पि बिना दर्ता संचालन भएकोले तीन दिन भित्र पसल दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । ट्वान्टि वान स्टोरी बिना दर्ता संचालन भएकोले तीन दिन भित्र पसल दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
अनुगमन समितिका सदस्य वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा सदस्य ज्ञान बहादुर मानन्धर, रिता फसिकवा, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहन देबी ब्याञ्जू, जिल्ला प्रशासन कार्यालयका नवराज पोखरेल, भक्तपुर उद्योग तथा बाणिज्य संघका बिश्वराम दुवाल, धरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठको सहभागी थियो ।
.png)