ताम्रकार समाजमा दोहरिए बिनोद


पुष २९, २०८२, मङ्गलबार | विहान १०:२८ बजे | 195


ताम्रकार समाजमा दोहरिए बिनोद

लिच्छिवीकालिन इतिहास बोकेको ताम्रकार जातिका बारेमा गहिरो अध्यायन अनुसन्धान हुनुपर्ने बारे वक्ताहरुले उल्लेख गरेका छन  ताम्रकार समाजको सत्ताइसौं सामूहिका भेला तथा एक्काइसौं साधारणसभाको अवसरमा प्रमुख अतिथी नेपालभाषा एकेडेमिका चान्सलर एवं नेवासमुदायका अगुवा मल्ल के सुन्दरले लिच्छवी राजा अंशुवर्माको कैलाशकूट दरवारमा रहेको तामाको छाना लगायतका सामाग्रीहरुको निर्माण ताम्रकार वर्गले गरेको भन्ने शिलालेखहरुमा उल्लेख भएका कारण यसबारे थप खोजविन हुनुपर्ने बताउनु भयो  उहाँले ताम्रकार समाजले विभिन्न बाधा अड्चनका बाबजूत पनि अहिलेको अवस्था सम्म आइपुग्न गरेको संघर्ष अन्य संघ्संस्थाहारुका समेत प्रेरणाको श्रोत बन्न पुगेको बताउनु भयो  उहाँले गौरवमय इतिहास बोकेको ताम्रकार वर्गले आफूसंग भएको मौलिक विशिष्ट शीपलाई उजागर गर्नसके नयाँपुस्ता लगायत अन्य जात जाती हरु समेत लाभान्वित हुनसक्ने  ताउनु भयो  उहाँले ताम्रकार वर्गले आफूले उत्पादन गर्ने मूल्यवान सामाग्रीहरुको उत्पादन प्रविधीशैलीलाई अन्तराष्ट्रीय स्तरमा समेत नक्कल गर्न नसकिने गरीकन पेटेन्टको अधिकार लिनसक्नु पर्ने बताउनु भयो 

ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपालभाषा म्ंकाखल:, यलका अध्यक्ष महेन्द्र महर्जन्यल नेवासमाजका अध्यक्ष नानीकाजी शाक्यले पनि मन्तव्य राख्नु भएको थियो  समाजका निवर्तमान अध्यक्ष रविन्द्रराज ताम्रकारको उपस्थिती रहेको उक्त कार्यक्रममा अठार जवान जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो भने एस इइ देखी स्नातकोत्तर तह उतिर्ण गरेका समाजका करिव सयजना विद्यार्थीहरु लाई शैक्षिक सम्मान गरिएको थियो  कार्यक्रममा दाता सम्मान्आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो  वार्षिका रुपमा प्रदान गरिंदै आइरहेको नगद रु पन्ध्र हजार सहितको उग्रचण्डी प्रतिभा सम्मान यसवर्ष चित्रकला विधा एवं पुस्तक लेखिका कृषा ताम्रकारलाई प्रमुख अतिथिले कदरपत्र सहित सम्मान गर्नुभएको थियो  

उदघाटन सत्र पश्चात भएको बन्दसत्रमा महासचिव दिपेश ताम्रकारले वार्षिक प्रतिवेदनकोषाध्यक्ष विमल ताम्रकारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो  बन्दसत्र पश्चात भएको निर्वाचनमा अध्यक्ष लगायत सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए  अध्यक्ष पदमा पुन्विनोद ताम्रकार आउनु भएको  भने सदस्यहरुमा शम्भुगोविन्द ताम्रकारदिपेश ताम्रकारविमल ताम्रकारबिजय ताम्रकारमनोज ताम्रकार(नक्साल्), प्रवल ताम्रकारमिला ताम्रकारमनोज ताम्रकार (हौगल्), निता ताम्रकारसजेश ताम्रकार निर्वाचित भएका छन  समाजको विधान बमोजिम सदस्यहरुको पद विभाजन कार्यसमितिको बैठकबाट गरिनेछन  निर्वर्तमान अध्यक्ष रविन्द्रराज ताम्रकार पदेन रुपमा कार्यसमितिमा रहनेछन 

 
 
 
 
 
 

Comments