एमालेका मिश्रले दिए चुनाव लक्षित भेटघाटलाई तीव्रता
माघ २, २०८२, शुक्रबार | राति ०९:३४ बजे | 645
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट भक्तपुर क्षेत्र नं १ मा एकल उम्मेदबारीको सिफारिसमा परेका एमाले नेता सोम मिश्रले चुनावी तयारीस्वरुपको आन्तरिक भेटघाटलाई तीव्रता दिएका छन् । यस अन्तर्गत एमाले केन्द्रिय सदस्यसमेत रहेका मिश्रले भ्रष्टाचार विरोधी अभियन्ता प्रेमध्वज लामासँंग भेटघाट गरेका छन् । भक्तपुरको कमलविनायकमा झण्डै दुई घण्टा लामो भेटघाटमा नेपाली राजनीति र आफनो उम्मेदबारीका विषयमा छलफल भएको बताइएको छ ।
फागुन २१ को निर्वाचनमा भक्तपुर १ बाट नेपाली कांग्रेसबाट बाबुराजा जोशी, राष्टिय स्वतन्त्र पार्टीबाट रुकेश रञ्जित, विप्लब नेतृत्वको नेकपा (माओवादी) बाट चन्द्रमान कोजू एकल सिफारिसमा छन् । मुख्य प्रतिस्पर्धी दलहरुमध्ये नेपाली कम्युनिष्ट पार्टीबाट सुदर्शन पराजुली, हरिराम लवजू र साजन प्रजापतिमध्ये एकजना उम्मेदबारमा सिफारिसमा छन् । यता नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट भने उम्मेदबार निश्चित हुन बाँंकी नै छ ।
मिश्र जिल्लाको चाँंगुनारायण नगरपालिकाका पूर्व मेयरसमेत हुन् । मिश्रले पछिल्लो स्थानीय नियकाको निर्वाचनमा मेयरमा दोहरिन नचाहेपछि एमालेकोतर्फबाट एमालेबाटै जितेका उपमेयरले मेयरमा उम्मेदबारी दिएका थिए । तर उनलाई पराजित गरी नेपाली कांग्रेसका उम्मेदबार जीवन खत्री मेयरमा विजयी भएका थिए । चागुमा उपमेयर भने एमालेले सुरक्षित नै पार्न सफल भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
