रामगोपाल कर्माचार्यको समयसँंगको सहकार्य बजारमा
बैशाख १२, २०८३, शनिबार | साँझ ०६:२५ बजे | 225
भक्तपुर । साढे चार दशक शिक्षा सेवामा समर्पित शिक्षासेवी रामगोपाल कर्माचार्यको जीवनीमा आधारित समयसँंगको सहकार्य नामक पुस्तक बजारमा आएको छ । शनिबार भक्तपुरमा एक कार्यक्रमवीच पुस्तकको सार्वजनिक गरिएको छ । ४५ वर्ष शिक्षण पेशामा सेवारत कर्माचार्यले लेखेको पुस्तकको वरिष्ठ शिक्षासेवी नरेन्द्रभक्त हाडाले विमोचन गरेका हुन् ।
कर्माचार्यद्धारा लिखित यो दोश्रो पुस्तक हो । यसअघि पनि उनको यस्तैखाले पुस्तक सार्वजनिक भइसकेको छ ।
पुस्तक चार खण्डमा विभाजित छन् । पहिलो खण्डमा व्यक्तिगत जीवन, दोश्रोमा शिक्षण सेवा, तेश्रोमा सामाजिक सेवामा संलग्नता र चौथौ तथा अन्तिममा एक व्यक्ति फरक दृष्टि उपशीर्षकमा छन् । अन्तिम शीर्षकमा उनकाबारेमा बुझेका १२ जना विशिष्ट व्यक्तिहरुले कर्माचार्यकाबारेमा लेखेका छन् ।
पुस्तकको प्रकाशन कमला भक्त प्रतिष्ठान मिवाछेँ व्यासी भक्तपुरले गरेको हो । पुस्तक १७० पृष्ठको रहेको छ । पुस्तकको मूल्य ३०० राखिएको छ ।
२००८ साल मंसिर १८ गते भक्तपुरको गोल्मढीमा जन्मेका कर्माचार्य हाल सेवा निवृत छन् । उनी सेवा निवृत शिक्षक समाज भक्तपुरका उपाध्यक्ष पनि हुन् । उनी विभिन्न कालखण्डमा विभिन्न स्कुलहरुमा प्रधानाध्यापक भई सेवारत थिए । नेपालकै पुरानो पद्य माविमा उनले प्रधानाध्यापक भइ सेवा गरेका थिए । साथै अरनिको राजमार्ग अन्तगर्त जोरपाटीमा रहेको जोरपाटी माविमा पनि प्रधानाध्यापक भई उनले स्कुलको प्रतिष्ठान जोगाउन थालेका थिए । एसइईमा शुन्य प्रतिशत उतीर्ण रहेको स्कुललाई उनकै पहलमा १५ प्रतिशत हुँदै उन्नतिको बाटोमा दोहरयाउन सफल भएका थिए । पछि यो स्कुल शेरबहादुर ङाखुसी प्रधानाध्यापकको पालासम्म पुग्दा एइईमा शतप्रतिशत विद्यार्थी उतीर्ण हुन सफल बनेको थियो । पुस्तकको सम्पादन महेन्द्रगोपाल कर्माचार्यले गरेका हुन् ।
विमोचन कार्यक्रममा प्रमुख अतिथि हाडा, लेखक कर्माचार्य, एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, सेवा निबृत शिक्षक समाजका अध्यक्ष अम्विकामान मानन्धर, जीवनाथ अधिकारी, पुस्तक लेखकका सुपुत्री चण्डिका कर्माचार्यलगायतले आआफनो धारणा राखेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
