एकताबद्ध काँग्रेस बनाउन सकिए मात्र देश समृद्धि र विकासको बाटोमा अग्रसर हुने
बैशाख १२, २०८३, शनिबार | साँझ ०५:४५ बजे | 95
लोकतन्त्र दिवसको अवसरमा बी पी चिन्तन प्रतिष्ठानको आयोजनामा अन्तरक्रिया र चियापान कार्यक्रम हिजो सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले लोकतान्त्रिक व्यवस्था र राजनीतिक स्थायित्वको लागि विगत निर्वाचनमा नेपाली कांग्रेसको कमजोर प्रदर्शनको कारण पत्ता लगाएर एकताबद्ध काँग्रेस बनाउन सकिए मात्र देश समृद्धि र विकासको बाटोमा अग्रसर हुने बताउनु भयो।
प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु ध्यानगोबिन्दा रञ्जित, विनोद कायस्थ, उमेश जङ्ग रायमाझीले वर्तमान समयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले पार्टीलाई विभाजन हुन नदिन आफ्नो क्षेत्रबाट क्रियाशील रहन आग्रह गर्नुभएको थियो।
पार्टीभित्र देखिएको अन्यौल , अनिश्चितता र आशंका निवारण गर्न पार्टी भित्रका सबै पक्षका बीच सार्थक संवादका माध्यमबाट पार्टीलाई वर्तमान चुनौतीको सामना गर्न इमान्दार पहल गर्न आग्रह गरिएको थियो।