सकियो औषधि व्यवसायी संघ भक्तपुरको साधारण सभा
बैशाख १२, २०८३, शनिबार | राति ०७:५३ बजे | 215
भक्तपुर, वैशाख १२ – नेपाल औषधि व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको पाँचौँ तथा छैटौँ साधारण सभा तथा बनभोज कार्यक्रम शनिबार आयोजना गरिएको छ । संघले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार सभा भक्तपुरको लिखा नारायण मन्दिर परिसरमा बिहान ९ बजेदेखि सुरु भएको थियो । बिहान ९ देखि १० बजेसम्म दर्ता तथा खाजा कार्यक्रम, त्यसपछि उद्घाटन सत्र र औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो ।
उदघाटन सत्रमा स्वागत मन्तव्य, राष्ट्रिय गान, पानसमा दीप प्रज्वलन तथा शुभकामना आदानप्रदान गरिने कार्यक्रम रहेको छ । कार्यक्रममा विभिन्न जिल्लाका शाखा प्रतिनिधि तथा अतिथिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवाल प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यसैगरी प्रदेश अध्यक्ष, जिल्ला अध्यक्षहरू, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेकोे आयोजकले जनाएको छ ।
सभामा जिल्ला अध्यक्षको मन्तव्य, महासचिवको प्रतिवेदन प्रस्तुत तथा विभिन्न अतिथिहरूको शुभकामना मन्तव्यपछि सम्मान तथा मायाको चिनो वितरण गरिने कार्यक्रम तय गरिएको थियो ।
कार्यक्रमको अन्त्य धन्यवाद मन्तव्यसहित समापन गरिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
