भक्तपुर लेखापढीमा रामशरण राना निर्वाचित
चैत १६, २०८२, सोमबार | विहान ११:२४ बजे | 845
भक्तपुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला समिति भक्तपुरको अध्यक्षमा रामशरण राना निर्वाचित भएका छन् । रानाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा रुपा भण्डारी, सचिवमा आशिष घिमिरे, सह–सचिवमा विकास कुस्मा चयन भएका छन्। त्यसैगरी कोषाध्यक्षमा श्याम सुन्दर घटुवा र सह–कोषाध्यक्षमा श्याम सुन्दर सिलवाल निर्वाचित भएका छन्।
नव–निर्वाचित नेतृत्वले लेखापढी पेशालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउँदै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्ने नव निर्वाचित सचिव आशिष घिमिरेले जनाएका छन् ।
नवनिर्वाचित अध्यक्ष रानाले पेशागत हकहित संरक्षण, क्षमता अभिवृद्धि, सामुहिक एकता तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिक्रिया दिए ।
निर्वाचनमा दुई वटा प्यालन थियो । साथै तीन जना सदस्यहरु स्वतन्त्रबाट उम्मेदबार बनेका थिए ।
