सल्लाघारी बस्ने ३६ वर्षीय राजु पक्राउ


चैत २३, २०८२, सोमबार | राति ०७:२० बजे | 155


सल्लाघारी बस्ने ३६ वर्षीय राजु पक्राउ

भक्तपुर, चैत २३ — भक्तपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीबाट खटिएको संयुक्त टोलीले मिति २०८२ चैत २२ र २३ गते विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ३६ वर्षीय राजु पोतामाहा, भारत मोतीहारी घर भई हाल दुवाकोट बस्ने २४ वर्षीय सोमराती हुसेन, सर्लाही हरिवन घर भई हाल काठमाडौं नरेफाँट बस्ने २९ वर्षीय अजित कार्की र काभ्रेपलाञ्चोक मण्डनदेउपुर–७ घर भई हाल मध्यपुरठिमी–७ नगदेश बस्ने ७५ वर्षीय हर्षबहादुर तामाङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट पोल्याण्ड (लागूऔषध) ४ केजी ५२५ ग्राम, गाँजा १३ केजी ६८० ग्राम, घरेलु मदिरा ३५ लिटर, ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल १२० पिस र नाइट्राभेट १० पिस बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Comments