४२ औँ राष्ट्रिय टेबुल टेनिसका लागि भक्तपुरबाट खेलाडी छनौट


बैशाख १२, २०८३, शनिबार | साँझ ०६:०१ बजे | 225


४२ औँ राष्ट्रिय टेबुल टेनिसका लागि भक्तपुरबाट खेलाडी छनौट

भक्तपुर ४२ औँ राष्ट्रिय टेबुल टेनिस प्रतियोगिताको बागमती प्रदेशस्तरीय छनौटमा सहभागी हुन भक्तपुर जिल्लाबाट खेलाडीहरूको नामावली टुंगो लागेको छ। भक्तपुर जिल्ला टेबुल टेनिस संघको समन्वयमा भएको छनौट प्रतियोगिताबाट विभिन्न विधामा उत्कृष्ट खेलाडीहरू छानिएका हुन्।छनौट भएका  खेलाडीहरूले  प्रदेशस्तरका लागि आफ्नो स्थान सुरक्षित गरेका छन्:सो छनोट प्रतियोगितामा मेन्स सिंगल्समा रजोजमान थकु, रनोजमान थकु र सुमेध प्रधान अण्डर १९मा रोमन रञ्जित तथा अण्डर १५मा सफल सुवाल छनौट भएका छन् भने  महिलातर्फ :लेडिज सिंगल्समा निकिता कस्ती, कलसा सितिखु र आरोही सुवाल,अण्डर १९: सेफिना कोजु र अण्डर १५: श्रोना बासुकला। छनोट हुन सफल भएको प्रशिक्षक तथा भक्तपुर।जिल्ला टेबुल टेनिस सघका सचिव ईन्द्र भक्तपचले जानकारी गराउनु भयो।

Comments