सूर्यविनायक नगरपालिका वडा नं. ५ बाट एक जनालाई पक्राउ


चैत १, २०८२, आइतबार | साँझ ०६:०१ बजे | 6070


सूर्यविनायक नगरपालिका वडा नं. ५ बाट एक जनालाई पक्राउ

भक्तपुर, १ चैत । चेक अनादर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ बाट चेक अनादर मुद्दामा दोषी ठहर भएका एक जनालाई पक्राउ गरिएको हो। उक्त प्रतिवादीलाई सम्मानित जिल्ला अदालत भक्तपुरले यसअघि नै फैसला कार्यान्वयन गर्ने आदेश दिएको थियो।

प्रहरीले फरार अवस्थामा रहेका प्रतिवादीलाई खोजतलास गर्ने क्रममा पक्राउ गरी थप कारबाहीका लागि जिल्ला अदालत भक्तपुरमा बुझाइएको जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरले अदालतका फैसला कार्यान्वयन गर्न तथा फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ।

(प्रहरी नायब उपरीक्षक प्रकाश जबेगु, सूचना अधिकारी)

Comments