स्वतन्त्र अभियन्ताको समर्थन रमेश वैद्यलाई


माघ ७, २०८२, बुधबार | राति ०७:२२ बजे | 1560


स्वतन्त्र अभियन्ताको समर्थन रमेश वैद्यलाई

भक्तपुर । मध्यपुर थिमिका स्वतन्त्र अभियन्ता निशुल प्रजापतिले आफनो समर्थन रमेश वैद्यलाई हुने स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफनो समर्थन नेपाल मजदुर किसान पार्टीका उम्मेदबार रमेश वैद्यलाई भएको प्रष्ट पारेका हुन् । 
अभियन्ता निशुल चर्चित अभियन्ता हुन् । उनी मध्यपुर थिमिको नीलबाराही जोगाऔं अभियानमा पनि सक्रिय छन् । त्यहाँं उनी सहसचिव हुन् । साथै उनी २० मिटर खोला मापदण्ड पीडित आन्दोलनका पनि अगुवा हुन् । उनी मध्यपुर थिमि नगरपालिका वडा नं ९ निकोसेरा निवासी हुन् । 
उनले लेखेका छन्, आजको दिनसम्म मैले कुनै पनि राजनीतिक दलको आधिकारिक रुपमा साधारण सदस्य समेत लिएको पाएको छैन...। तर पनि भक्तपुर क्षेत्र न. २ मा मेरो समर्थन पार्टी भन्दा पनि रैथाने स्थानीय असल युवा देशभक्ति सामाजिक बौद्धिक बुद्दिजिबि सक्षम व्यक्ति कृषक तथा कृषि बिज्ञ प्राबिधिक शिक्षाः कृषि स्नातक गर्नुभएका एतिहासिक मध्यपुर थिमि नगरपालिका –७ नगदेशका आदरणीय रमेश वैद्य दाइलाई हुनेछ... । 
उनले अगाडि लेखेका छन्, हाम्रोलाई भन्दा राम्रोलाई भन्ने विचार सोच साथै उहाँसँग राजनीतिक बिषय भन्दा फरक कुनै अभियान वा सार्वजनिक कार्यक्रममा संगै हुदा पनि विचार आस्था देश तथा विदेशको ज्ञान दिनुहुन्थो । थोरै बोल्नुहुने तर सधै सकारात्मक सल्लाह सुझाब दिनुहुने व्यक्ति प्रतिनिधि सभा सदस्य हुनुपर्ने एक महत्वपूर्ण व्यक्ति भएकोले मेरो यसपालीको भोट मादललाई ।
उनले यो निर्णयमा पुग्नु अगाडि आफूले सोच मन्चनबारे कोष्ठ भित्र राखेर लेखेका छन्, २९ जनाबाट ३ घण्टा लगाएर निर्णय गरेको । 
उनले सम्पूर्ण मध्यपुर थिमी नगरपालिकावासी तथा सुर्यबिनायक नगरपालिकावासी सम्पूर्णलाई नेपाल मजदुर किसान पार्टीको चुनाब चिन्ह मादलमा भोट दिएर अत्याधिक बहुमतले जिताऔ भनेर पनि आह्वान गरेका छन् । 
उनको फेसबुक स्ट्याट्स जस्ताका तस्तै 
आजको दिनसम्म मैले कुनै पनि राजनीतिक दलको आधिकारिक रुपमा साधारण सदस्य समेत लिएको पाएको छैन... 
भक्तपुर क्षेत्र न. २ मा मेरो समर्थन पार्टी भन्दापनि रैथाने स्थानीय असल युवा देशभक्ति सामाजिक बौद्धिक बुद्दिजिबि सक्षम व्यक्ति कृषक तथा कृषि बिज्ञ प्राबिधिक शिक्षाः कृषि स्नातक गर्नुभएका एतिहासिक मध्यपुर थिमी नगरपालिका –७ नगदेशका आदरणीय च्बmभकज द्यबष्मजथब दाइलाई हुनेछ... हाम्रो लाई भन्दा राम्रो लाई भन्ने विचार सोच साथै उहाँसँग राजनीतिक बिषय भन्दा फरक कुनै अभियान वा सार्वजनिक कार्यक्रममा संगै हुदा पनि विचार आस्था देश तथा विदेशको ज्ञान दिनुहुन्थो थोरै बोल्नुहुने तर सधै सकारात्मक सल्लाह सुझाब दिनुहुने व्यक्ति प्रतिनिधि सभा सदस्य हुनुपर्ने एक महत्वपूर्ण व्यक्ति भएकोले मेरो यसपालीको भोट मादललाई
(२९ जनाबाट ३ घण्टा लगाएर निर्णय गरेको) सम्पूर्ण मध्यपुर थिमी नगरपालिकावासी तथा सुर्यबिनायक नगरपालिकावासी सम्पूर्णलाई नेपाल मजदुर किसान पार्टीको चुनाब चिन्ह मादलमा भोट दिएर अत्याधिक बहुमतले जिताऔ 
२०८२ माघ ६ गते मंगलबार (साभार)

Comments