खेलकुद

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर नगरपालिका टिम प्रथम

भक्तपुर । १३ औँ भक्तपुर जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यसपटक पनि भक्तपुर नगरपालिकाले जितेको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन २४ गतेदेखि फागुन २६ गतेसम्म भएको उक्त प्रतियोतिामा भक्तपुर नगरपालिकाले ३७ स्वर्ण, १९ रजत र ३८ कास्य सहीत ९४ पदक जित्दै १३ औँ राष्ट्रपति र...

भक्तपुर । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा नियमित बैठक र बचत समूह भेला नेपाल मजदुर किसान पार्टीका सचिव एवम् माननीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा बुधबार गपली ड्रिमल्याण्ड किचेनमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सांसद प्रेम सुवालले स्वास्थ्य, मित्रता, अनुशासनको लागि खेलकुद धेरै पहिलादेखि नै नारा लगाउँदै आएको बताउँदै खेल नियम परिधिमा रहेर खेल्ने भएकोले खेल अनुशासित हुने साथै खेल हारजितसंगै मित्रता बढ्ने र स्वस्थ्य हुने भएकोले देशको स्वाभिमान र सार्वभौमिकता रक्षाको लागि समेत आवश्यक छ भन्नुभयो । उहाँले खेलमा झेल गर्न पाइन्दैन भन्नुभयो । उहाँले ठूला ठूला आन्दोलनबाट आएको परिवर्तन नेपाली जनताको भरमा नभई भारतको भरमा गर्दा २००७ सालको प्रजातन्त्रपछि २०११ सालमा कोशी, २०१६ सालमा गण्डक लिएको बताउनुभयो । उहाँले २०१६ को चुनावमा अमेरिकन सिआएले काठमाण्डौंमा कम्युनिष्ट जित्ने व्यापक चर्चा भएको विपि कोइरालालाई सुनाउँदा सहयोग माग भए बमोजिम दिल्लीबाट पार्शल आएको र चुनाव पनि जितेको अमेरिकन सिआइएको सस्मरण किताबमा लेखेको छ भन्नुभयो । उहाँले २०१७ सालको महेन्द्र राजाले कु गरेपछि सुवर्ण सम्शेर मार्फत मासिक १२ लाख विपिलाई खर्च दिने गरेको किताबमा प्रकाशित छ भन्नुभयो । उहाँले २०२८ सालमा नक्सालवादी आन्दोलन भारतमा चर्केको बेला २०३० सालमा कांग्रेश पार्टी चलाउन भारतको निर्देशनमा विमान अपहरण गरी ३० लाख पैसा लिएको तर पहिलानै भारतको निर्देशनमा भएको थाहा पाए यो काम गर्ने छैन भनि विमान अपहरण गर्ने दुर्गेश थापाको कितावमा लेखेको छ भन्नुभयो । त्यस्तै माओवादीहरुको कथित जनयुद्ध पनि भारतको सहयोगमा नै भएकोले देश परनिभर्ता बढेको, २६ खर्ब ऋण र युवाहरु सबै विदेशिन बाध्य बनाएकोले अरुको भरमा गरेको क्रान्तिले देशको उभो नलाग्ने भएकोले आफ्नै खुट्टामा उभिएर नपाली जनाताको भरमा आन्दोलन वा क्रान्ति गर्नुपर्ने बताउनुभयो । उहाँले अमेरिकी राष्ट्रपति ट्रम्पको सपथमा उहाँले बोलेका कुराहरुबाट संसारलाई असर पर्ने बताउँदै अमेरिकालाई शाक्तिशाली, धनी र हेल्थी बनाउने शब्दहरुले हतियार व्यापार, ओलम्पिक र वल्र्डकप अमेरिकामा गर्ने बताउनुले अमेरिकी साम्राज्यवादी सोचमा परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले प्यालेष्टाईन र युक्रेनमा भएको युद्धको विरोध गरेको बताउँदै युद्धले कसैको भलो नगर्ने बताउनुभयो । उहाँले राजनीति भने निस्वार्थ रुपमा देश र जनताको सेवा गर्ने हो तर गलत मान्छेले राजनीतिलाई दुषित गरेको बताउनुभयो ।
कार्यक्रममा अतिथि नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष रविराज थापाले खेलकुदमा जाँड रक्सि नखाने योग्य हुने बताउँदै खेलकुदबाट मज्जा लिन सकेमात्र निरन्तरता दिने बताउनुभयो । उहाँले खेलकुदको आफ्नै भाषा हुने बताउँदै फुलकन्टाक्ट, सेमिकन्टाक्ट, नन टु कन्टाक्ट खेलहरु रहेको बताउनुभयो । उहाँले सन् १९८० मा रुसमा ओलम्पिक खेल्न जाँदा पश्चिमा र भारतले खेलाडीहरु बारे नकारात्म प्रभाव पार्ने प्रचार गरेर बदनाम गरेको बताउनुभयो । उहाँले खेलकुद र राजनीति थाहा पाएन भने कुनीतिले खेलकुद विगार्ने बताउँदै बाघले शिकार गर्न जानेन भन्ने सिद्धिन्छ भन्ने जस्तै खेलाडीहरुले प्रतिस्पर्धाको लागि तयारी अवस्थामा रहनु पर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका ४ नं वडाध्यक्ष उपेन्द्र सुवालले विभिन्न राजनीतिका परिवर्तन र आन्दोलनहरुमा खेलाडीहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै देशको सार्वभौम सत्ता रक्षाको लागि खेलकुद आवश्यक छ भन्नुभयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रमा सचिव साजन लघुले पनि बोल्नु भएको थियो ।