चारदिने खो खो कोच प्रशिक्षण सम्पन्न


जेठ २, २०८३, शनिबार | राति ०७:३७ बजे | 70


चारदिने खो खो कोच प्रशिक्षण सम्पन्न

कीर्तिपुर, जेठ २ गते । नेपाल खो खो संघ र काठमाडौँ महानगरकोे आयोजनामा यहाँस्थित आयोजित चारदिने क वर्गको राष्टिय खो खो प्रशिक्षण सम्पन्न भएको छ । भारतबाट पाल्नुभएका अन्तराष्टिय खो खो प्रशिक्षक प्रशान्त जीभाजीरोओ पावरको नेतृत्वमा ५० जना प्रशिक्षकहरुलाई प्रशिक्षित गरिएको हो । प्रशिक्षण सम्पन्न भएपछि आयोजित कार्यक्रममा नेपालमा खो खो खेल भित्र्याउनुभएका प्रा.डा. रामकृष्ण महर्जनलाई विशेष सम्मान गरिएको खो खो संघका महासचिव शंकर महर्जनले जानकारी दिनुभयो । कार्यक्रममा संघका अध्यक्ष प्रदिप महर्जनले यस प्रशिक्षणले दोश्रो विश्वकप खो खो प्रतियोगितामा नेपालको प्रदर्शनलाई थप उत्कृष्ट पार्न सकिने दाबी गर्नुभयो । यसअघि भारतको राजधानी नयाँ दिल्लीमा भएको प्रथम खो खो विश्वकपमा नेपालको दुबै टोली उपविजेता बनेको थियो ।

Comments