बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशन


असार १, २०८३, सोमबार | राति ०७:५९ बजे | 65


बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशन

भक्तपुर, १ असार । बागमती प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित हुने तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङ प्रतियोगितामा सहभागी खेलाडीहरूलाई भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले आज शुभकामना तथा मार्गनिर्देशन प्रदान गर्नुभयो ।
    उहाँले खेलाडीहरूलाई अनुशासन, आत्मविश्वास र खेलभावनासहित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्दै भक्तपुरको गौरव उच्च राख्न आग्रह गर्नुभयो। नगर प्रमुख प्रजापतिले खेलकुदले व्यक्तित्व विकास, स्वास्थ्य प्रवद्र्धन तथा राष्ट्रको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले खेलाडीहरूले आफ्नो क्षमता र मेहनतको उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताउनुभयो। साथै प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
    भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्षा रामकृष्ण प्रजापतिले खेलाडीहरूलाई अनुशासनमा राख्न र प्रतियोगितामा जित हासिल गर्न उत्प्रेरणा जगाउन मार्ग निर्देशन आवश्यक भएकोले विदाइ कार्यक्रम राखेको बताउनुभयो । 
    कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखु, प्रशिक्षक केदार तुईतुई र स्वयम् सेवक प्रशिक्षक श्याम लाखाको  पनि उपस्थित रहेको थियो । बक्सिङमा भक्तपुर जिल्लाबाट १० जना खेलाडी सहभागी रहेको छ ।
 

फाेटाेमा हेर्नुहाेस्...

बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशन

Comments