भक्तपुर नगर अन्तर वडाव्यापी फुटसलः आयोजक वडा अगाडि
जेठ १४, २०८३, बिहीबार | राति १०:०५ बजे | 800
भक्तपुर । भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद स्मृति खेलमैदानमा संचालन भइरहेको भक्तपुर नगर अन्तर वडाव्यापी फुटसल प्रतियोगिताको सेमिफाइनल खेलहरु बिहीवार सम्पन्न भएका छन् । सेमिफाइनलको पहिलो खेल ग्रुप ए बाट आयोजक वडा नं ७ को विरुद्ध ग्रुप बी बाट वडा नं २ को खेल भएको थियो । लिग चरणको समाप्तिसम्म आइपुग्दा ग्रुप ए को वडा नं ७ को १० अंक र वडा नं २ को ६ अंकसहित खेलिएको पहिलो हाफमा वडा नं ७ ले १ तथा दोस्रो हाफमा २ गोल गरी ३ गोलसहित फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलको दोस्रो खेल ग्रुप बी बाट वडा नं ८ कोविरुद्ध वडा नं ९ को खेल भएको थियो । लिग चरण समाप्तिसम्म आइपुग्दा ग्रुप बी को वडा नं ८ ले १० अंक र वडा नं ९ ले ९ अंक सहित खेलिएको पहिलो हाफमा वडा नं ८ ले २ तथा वडा नं ९ ले १ गोल तथा दोस्रो हाफमा वडा नं ९ ले १ गोल गरे ।
मित्रता अनुशासन र स्वास्थ्यका लागि खेल भन्ने नारालाई आत्मसातसहित खेलाईएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई रू.२५ हजार, दोस्रो हुने टिमलाई रू.१२ हजार ५००, उत्कृष्ट गोलकिपर तथा उत्कृष्ट खेलाडीले रू. २ हजार ५०० नगद पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल तथा समापन समारोह जेठ १६ गते शनिबार बेलुका ६ बजेबाट हुने जानकारी आयोजक टिमका सदस्य सुरेश कवांले जनाए । प्रतियोगितामा भक्तपुर नगरपालिकाभित्रका प्रत्येक वडाबाट एकएक वटा टीमको सहभागितामा लिग कम नक आउटको आधारमा भइरहेको छ ।
फाेटाेमा हेर्नुहाेस्...
