भक्तपुर नगरपालिका अन्तर वडा फुट्सल प्रतियोगिता बुधबारदेखि
जेठ ४, २०८३, सोमबार | राति ०७:५१ बजे | 685
भक्तपुर युवा टिमको आयोजनामा हुने भक्तपुर नगरपालिका फुट्सल प्रतियोगिता यही जेठ ६ गते बुधबारदेखि सुरु हुँदैछ। सोही प्रतियोगिताको तयारी स्वरूप टिमको आयोजनामा सोमबार खेलाडी भेला सम्पन्न भयो।
भेलामा भक्तपुर युवा टिमका संस्थापक अध्यक्ष तथा सल्लाहकार विश्वराम कवांले खेलाडीहरूले टिमको मित्रता अनुशासन र स्वास्थ्यको लागि खेल भन्ने नारालाई आत्मसात गरी खेल्नुपर्ने बताउनुभयो। उहाँले खेल हारजितको लागि भन्दा पनि मित्रताको लागि पनि हुनुपर्ने बताउनुभयो। भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले सम्पूर्ण खेलाडीहरु अनुशासित भएर खेल्नुपर्ने विचार व्यक्त गर्नुभयो।
भेलामा उहाँले प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्नेलाई नगद रु २५ हजार त्यस्तै दोस्रो हुने टिमलाई १२ हजार ५०० त्यस्तै उत्कृष्ट गोलकिपरलाई २ हजार ५०० र उत्कृष्ट खेलाडीलाई नगद रु २ हजार ५०० पुरस्कार व्यवस्था गरेको बताउनुभयो । भेलामा टिमका सचिव रामेश्वर मचामसी त्यस्तै कोषाध्यक्ष श्याम तजले सदस्यहरू सुरेश कवाङ र जीवन कवांले खेलको नियमलाई अनुसरण गरी खेल्नुपर्ने विचार व्यक्त गर्नुभयो । प्रतियोगिता भक्तपुर नगरपालिका २ नम्बर वडास्थित सहिद स्मृति खेल मैदानमा हुनेछ।
फाेटाेमा हेर्नुहाेस्...
Comments
ताजा खबर
