अन्तरवडा फुटसलमा भनपा ८ बिजयीः २५ हजार नगदसहित शिल्ड प्रदान


जेठ १६, २०८३, शनिबार | राति ०९:५९ बजे | 110


अन्तरवडा फुटसलमा भनपा ८ बिजयीः २५ हजार नगदसहित शिल्ड प्रदान

भक्तपुर । भक्तपुर युवा टिमको आयोजनामा शनिबार भएको भक्तपुर नगर अन्तरवडा फुटसल प्रतियोगिताको फाइनल खेलमा भक्तपुर नगरपालिका वडा नं ८ विजयी हुन सफल भएको छ । फाइनल प्रतियोगितामा भक्तपुर नगरपालिका वडा नं ७ लाई दुईकाविरुद्ध ३ गोल गरी भक्तपुर नगरपालिका वडा ंन ८ विबजी हुन सफल भएको हो ।
प्रतियोगितामा विजयी टिमलाई नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । “मित्रता, अनुशासन र स्वास्थ्यका लागि खेल” भन्ने नारासहित सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ नगद र शिल्ड तथा प्रमाणपत्र प्राप्त गरे । साथै उपविजेताले १२ हजार ५०० रुपैयाँ नगदसहित शिल्ड तथा प्रमाणपत्र पुरस्कार प्राप्त गरे । उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही २ हजार ५०० रुपैयाँ नगद प्रदान गरियो ।
प्रतियोगिता जेठ ६ गतेदेखि सुरु भएको थियो । प्रतियोगिता सहिद स्मृति खेलमैदान भक्तपुरमा भएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

अन्तरवडा फुटसलमा भनपा ८ बिजयीः २५ हजार नगदसहित शिल्ड प्रदान

Comments