सकियो मध्यपुर मेयर कप करातेः कसले मारयो बाजी?


जेठ ३१, २०८३, आइतबार | राति ०८:३० बजे | 70


सकियो मध्यपुर मेयर कप करातेः कसले मारयो बाजी?

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा भएकाे ‘मध्यपुर मेयर कप कराते प्रतियोगिता–२०८३’काे शनिबार समापन भएकाे छ । प्रतियाेगितामा नगदेश डाेजाेले स्वर्णपदकसहित प्रथम भएका छन् । त्यस्तै सुर्यविनायक नगरपालिका, अरनिकाे मावि द्वितिय र तारकेश्वर नगरपालिका शंखडाेल डाेजाे तृतिय भएका छन् ।

मध्यपुर थिमि नगरपालिकाको आयोजनामा भएकाे प्रतियोगिता भक्तपुर सितेरियाे कराँते डाे एसाेसिएसनकाे संयाेजनमा सम्पन्न भएकाे हाे । उक्त समापन कार्यक्रमकाे प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्व मेयर मदनकृष्ण श्रेष्ठ रहेका थिए भने विशेष अतिथि आेलम्पिक उपध्यक्ष तथा नेपाल सितेरियाे कराँते एसाेसिएसनका पूर्व अध्यक्ष दावा गुरूङ रहनुभएकाे थियाे ।

कार्यक्रममा प्रशिक्षक बरिष्ठ मुख्य प्रशिक्षक दिपक श्रेष्ठ, समाजसेवी गणेशमान चक्रधर, सुजन बाग, भक्तपुर जिल्ला खेलकुद बिकास समिति सदस्य बिजय प्रजापति, पवन सिंबञ्जार, सुरेन्द्र धा श्रेष्ठ तथा समाजसेवी दिलकृष्ण प्रजापति र भ्रष्टाचार विराेधि अभियन्ता तथा स्वतन्त्र पत्रकार संघ केन्दीय सदस्य प्रेमध्वज लामाले बिजेताहरूलाई पदक तथा प्रमाणपत्र वितरण गर्नुभएकाे थियाे ।

प्रतियोगितामा भक्तपुर नगरपालिका, चाँगुनारायन नगरपालिका, सर्यविनायक नगरपालिका, मध्यपुर थिमि नगरपालिका, अरनिकाे डाेजाे, दधिकाेट डाेजाे, संखडाेल डाेजाे, नगदेश डाेजाे, दुवाकाेट डाेजाे, झाैखेल डाेजाे, फूलहाइट डाेजाे, युआइपी डाेजाे, विद्या आर्जन डाेजाे र महेन्द्रग्राम डाेजाे सहभागी भएका थिए ।

विभिन्न तौल समूहमा विभाजन गरी सञ्चालन गरिएको यस प्रतियोगितामा तल्लो तहका प्रतिभावान खेलाडीहरूले आफ्नाे काैशल प्रदर्शन गर्नुकासाथै विभिन्न पदक जितेका थिए । कार्यक्रममा विभिन्न डोजो, विद्यालय तथा क्लबका कराते खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियाे । भने कार्यक्रम रेफ्री राजुसिं बजिकाेले सञ्चालन गर्नुभएकाे थियाे ।

Comments