तेस्रो बागमती प्रदेश स्तरीय कराते प्रतियोगितामा भक्तपुर पहिलो
असार ४, २०८३, बिहीबार | राति ०९:४४ बजे | 175
भक्तपुर, असार ४ – तेस्रो बागमती प्रदेशस्तरीय कराते प्रतियोगितामा पहिलो दिन भक्तपुर जिल्लाले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। प्रतियोगिताको अन्तिम नतिजा भने दोश्रो दिन भोलिमात्रै आउनेछ ।
प्रतियोगितामा भक्तपुरका खेलाडीहरूले विभिन्न विधामा पदक जित्दै जिल्लालाई शीर्ष स्थानमा पु¥याएका हुन्। ४५ केजी महिला कुमितेतर्फ अस्मिता तामाङले स्वर्ण पदक जितिन् भने ५० केजी महिला कुमितेतर्फ सिरुषा भुजुले पनि स्वर्ण पदक हात पारिन्। त्यसैगरी पुरुष व्यक्तिगत कातातर्फ सानिल तामाङले कांस्य पदक जिते। महिला व्यक्तिगत कातामा युनेन उप्रेतीले कांस्य पदक प्राप्त गरिन्। महिला टिम कातामा युनेन उप्रेती, उत्सवी श्रेष्ठ र अस्मिता तामाङको टोलीले कांस्य पदक जित्न सफल भयो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै भक्तपुरलाई पहिलो दिन प्रथम स्थान दिलाउन योगदान पु¥याउने सम्पूर्ण खेलाडीहरूलाई कराते समुदाय तथा खेलप्रेमीहरूले बधाई ज्ञापन गरेका छन्। विजेता खेलाडीहरूको उज्ज्वल खेल जीवनको कामना गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनमार्फत थप सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको छ।
विशेष गरी युवा खेलाडी सानिल तामाङसहित पदक विजेता सम्पूर्ण खेलाडीहरूको उपलब्धिले भक्तपुर जिल्लाको कराते खेल विकासमा नयाँ उत्साह थपेको विश्वास गरिएको छ। प्रतियोगितामा प्राप्त सफलताले आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीहरूको मनोबल उच्च बनाएको प्रशिक्षकहरूले बताएका छन्।
फाेटाेमा हेर्नुहाेस्...
