जुवा तास खेल्दै गरेका ५ जना भक्तपुरबाट नियन्त्रणमा


जेठ १४, २०८३, बिहीबार | राति ०७:१० बजे | 1140


जुवा तास खेल्दै गरेका ५ जना भक्तपुरबाट नियन्त्रणमा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ दार्जिलिङ हाइटस्थित क्षेत्रमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मिति २०८३ जेठ १४ गते दिउँसो ४ बजे प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले स्वीप अपरेशनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट नगद २० हजार ६ सय ६० रुपैयाँ र दुई बुक तास बरामद गरेको जनाएको छ।

घटनाबारे प्रहरी वृत्त जगाती भक्तपुरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Comments