को हुन् भक्तपुरबाट पक्राउ परेका २२ जना ?
जेठ ९, २०८३, शनिबार | राति ०९:४६ बजे | 900
भक्तपुर । भक्तपुर प्रहरीले शनिबार भक्तपुर नगरका विभिन्न चार वटा वडाहरुबाट २२ जनालाई पक्राउ गरेको जनाएको छ । भक्तपुर नगरपालिका वडा नं. ७, ८, ९ र १० को वडा एरियामा रहेका उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुर तथा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको सयुक्त टोलीले गरेको स्वीप अप्रेशनको क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीको भनाई छ । शंका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
उनीहरुलाई पक्राउ गर्नुका कारण प्रष्ट उल्लेख नगरे पनि शंकाको आधारमा भनिएको छ । वडाका विभिन्न ठाउँंहरुबाट भनिए पनि कुनकुन ठाउँंबाट उल्लेख गरिएको छैन । वडा मात्रै उल्लेख छन् । पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरिएको छैन ।
