ख्वपमा पहिलो पटकमै दिए तीन हजार विद्यार्थीले प्रवेश परीक्षा


जेठ ९, २०८३, शनिबार | दिउँसो ०३:४६ बजे | 230


ख्वपमा पहिलो पटकमै दिए तीन हजार विद्यार्थीले प्रवेश परीक्षा

विज्ञान संकायमा सबैभन्दा धेरै १७११ विद्यार्थी परीक्षामा सामेल

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माविमा कक्षा ११ मा भर्ना हुन शनिबार पहिलो पटकमै झण्डै तीन हजार विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । कलेजले कोटा अनुसार पूर्ण नभएमा दोश्रो पटक पनि प्रवेश परीक्षा लिने गर्दै आएको छ ।
ख्वप मावि ÷शारदा क्याम्पस माध्यमिक विद्यालयले २०८३ सालको कक्षा ११ प्रवेश परीक्षाका लागि आवेदन फाराम संकलन गरेको विवरण अनुसार विज्ञान संकायमा सबैभन्दा धेरै १७११ विद्यार्थी परीक्षामा सामेल भएका थिए । त्यसपछि वढी व्यवस्थापन संकायमा ११६८ जना, मानविकी संकायमा ३५, कानुनमा ५६ तथा शिक्षा संकायमा १० जनाले आवेदन दिएको जनाइएको छ ।
विद्यालयका अनुसार सबै संकाय गरी कुल २९८० आवेदन प्राप्त भएका छन् । तीमध्ये २८३० अनलाइन र १५० भौतिक फाराम रहेका छन् । 
कलेजले कक्षा ११ मा अध्ययन गर्न आउने विद्यार्थीहरूका लागि शनिबार विहान र दिउँंसो गरी दुई पटक प्रवेश परीक्षा सञ्चालन गरेको थियो । विद्यार्थीहरूको शैक्षिक क्षमता मूल्याङ्कन गर्दै गुणस्तरीय शिक्षातर्फ अग्रसर गराउने उद्देश्यले परीक्षा लिइएको कलेजले जनाएको छ । 
सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रवेश परीक्षा निरीक्षण गरे । सोही क्रममा नगरप्रमुख प्रजापतिको विद्यार्थीहरूका अभिभावकहरूसँग भेटघाट कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

ख्वपमा पहिलो पटकमै दिए तीन हजार विद्यार्थीले प्रवेश परीक्षा
ख्वपमा पहिलो पटकमै दिए तीन हजार विद्यार्थीले प्रवेश परीक्षा

Comments