प्रधानमन्त्रीको फोटो मात्रै टाँंसेरै भए पनि संसद् चलाउनुपर्ने हुनसक्छ
जेठ ९, २०८३, शनिबार | विहान ११:४० बजे | 115
मध्यपुर थिमि । प्रतिनिधि सभा सदस्य सांसद् रुकेश रञ्जितले प्रधानमन्त्रीको व्यवस्ताका कारण संसदमा प्रधानमन्त्रीको फोटो मात्रै टाँसेर पनि संसद चलाउनुपर्ने हुनसक्ने बताएका छन् । राष्टिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर सम्मेलनको शनिबार भएको उदघाटन समारोहमा सांसद रञ्जितले संसदमा प्रधानमन्त्री आएनन् भनेर विरोध गर्नुको कुनै अर्थ नभएको बताए ।
बहस, छलफल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा हुनुपर्ने हो, उनले भने, न कि प्रधानमन्त्री आए, आएनन् भनेर । उनले विपक्षीले सरकारको गरेको कुनै पनि काममा खोट नभेटेपछि प्रधानमन्त्री उपस्थितिकाबारेमा मुद्धा उठाएको आरोप लगाए । प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ, उनले भने, अहिले उहांँ व्यस्त हुने समय पनि हो । उनले विपक्षीहरुले केही काम नपाएर विरोधको काम गरिरहेको आरोप लगाए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सांसद् रञ्जु दर्शना रहेकी थिइन् । कार्यक्रम आयोजक मध्यपुर थिमि नगर सभापति न्हुछें मानन्धरको सभापतित्वमा भएको थियो ।
अधिवेशनले नयाँं नेतृत्व चयन गर्नेछ । पार्टीको हालसम्म चाँंगुनारायण नगर सम्मेलन सम्पन्न भएको छ । दोश्रो पटक मध्यपुर नगर सम्मेलन भएको हो । तेश्रो पटक सूर्यविनायक नगर सम्मेलनको मिति तोकिसकेको छ । भक्तपुरको भने बाँंकी छ ।
