युवाहरूका लागि 10 दिने पब्लिक स्पिकिङ तालिम सञ्चालन गर्ने


जेठ ९, २०८३, शनिबार | विहान १०:११ बजे | 90


युवाहरूका लागि 10 दिने पब्लिक स्पिकिङ तालिम सञ्चालन गर्ने

भक्तपुर नगरपालिका वडा नं. ८ ले युवाहरूका लागि 10 दिने पब्लिक स्पिकिङ तालिम सञ्चालन गर्ने भएको छ । वडा कार्यालय लिवालीमा सञ्चालन हुने उक्त तालिममा SEE उत्तीर्ण तथा ३० वर्षमुनिका युवालाई सहभागी हुन आग्रह गरिएको छ ।

रेडियो कान्तिपुरका लोकप्रिय रेडियो प्रस्तोता किरण सुवालमार्फत प्रशिक्षण दिइने जनाइएको छ । तालिम जेठ १४ गतेदेखि सुरु हुने र दैनिक बिहान ५ः३० बजेदेखि ६ः३० बजेसम्म सञ्चालन गरिने सूचनामा उल्लेख छ ।

वडा कार्यालयका अनुसार तालिमले युवाहरूको सार्वजनिक बोलाइ क्षमता, आत्मविश्वास तथा नेतृत्व विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पछिल्लो समय युवाहरूमा सञ्चार तथा प्रस्तुतीकरण सीपको माग बढिरहेका बेला यस्ता तालिम उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।

भक्तपुर नगरपालिका वडा नं. ८ ले यसअघि पनि विभिन्न सीपमूलक तथा क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Comments