ख्वप कलेजकी पत्रकारिता चौथौ वर्षकी छात्रालाई छात्रबृति अर्पण


जेठ ९, २०८३, शनिबार | साँझ ०४:४७ बजे | 195


ख्वप कलेजकी पत्रकारिता चौथौ वर्षकी छात्रालाई छात्रबृति अर्पण

काभ्रे । ख्वप कलेज देकोचा भक्तपुरका पत्रकारिताकी छात्रा योगिना श्रेष्ठलाई शव्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रबृति २०८३ समर्पण गरिएको छ । कलेजमा पत्रकारिता मुख्य विषय लिई स्नातक तह चौथौ वर्षमा अध्ययनरत छात्रा श्रेष्ठलाई पूर्वप्रशाशक द्रोणपुष्प श्रेष्ठले आफनी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा व्यवस्थापन गरेको शव्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रबृति २०८३ समर्पण गरिएको हो । 
शव्दयात्रा प्रकाशन काभ्रे धुलिखेलमा शनिबार आयोजित कार्यक्रममा उनलाई उक्त छात्रबृति समर्पण गरिएको हो । शव्दयात्रा प्रकाशनका संस्थापक हरि मञ्जुश्री, शव्दयात्रा प्रकाशनका कार्यबाहक अध्क्ष कृष्णमणि कुइकेललगायतले उनलाई उक्त छात्रबृद्धि समर्पण गरिएको हो । छात्रबृतिमा नगदका साथै प्रमाणपत्र रहेको थियो । 
कार्यक्रममा अन्य विभिन्न स्कुलका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि छात्रबृति समर्पण गरिएको थियो । साथै ढुण्डीराज पोखरेलद्धारा लिखित मञ्जुश्रीयात्रा नामक पुस्तकको पनि विमोचन गरिएको थियो । साथसाथै महिलाद्धारा गाइएको शव्दयात्रा नामक गीतको पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा शव्दयात्रा भूपू मुक्ति विकलांग छात्रबृतिका आर्थिक व्यवस्थापक डा रुपनारायण श्रेष्ठ, शव्दयात्रा दिव्यवती कान्तुप्रसाद ढुंगाना छात्रबृतिका आर्थिक व्यवस्थापक शेखरप्रसाद ढुंगाना, कृतिकार ढुण्डीराज पोखरेल, डा इन्दुल केसीलगायतले आआफनो विचार पोखेका थिए ।  
 

फाेटाेमा हेर्नुहाेस्...

ख्वप कलेजकी पत्रकारिता चौथौ वर्षकी छात्रालाई छात्रबृति अर्पण

Comments