ज्यान मार्ने उद्योगका प्रतिवादी नियन्त्रणमा
बैशाख १९, २०८३, शनिबार | दिउँसो १२:१८ बजे | 60
भक्तपुर, वैशाख १९ — ज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौं महानगरपालिका–३२, कोटेश्वरमा डेरा गरी बस्दै आएका २८ वर्षीय सुमन थापालाई पक्राउ गरिएको हो। उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ।
