शान्तिदीप यात्रा सम्पन्न
बैशाख १८, २०८३, शुक्रबार | साँझ ०६:१७ बजे | 85
युवा बौद्ध पुचः भक्तपुरको आयोजनामा शान्तिदीप यात्रा सम्पन्न भयो । शान्तिदीप यात्रा शुरू हुनु अगाडि पञ्चशील प्रार्थनामा मुनि विहार प्रमुख श्रद्धेय भिक्षु विपस्सी धम्मारामो महास्थविरले बुद्ध जीवनीको महत्त्व बारे छोटो प्रवचन दिनु भयो । यात्रा दीपंकर प्रशन्नशील महाविहार बाट शुरू भई गछेँ, सुर्यमढि, दत्तात्री ईनाचो, गोल्मढि,सुकुलढोका, टौमढि, नासमना,वंशगोपाल,तेखाचो, भार्भाचो,ईताछेँ, दरवार स्क्वायर, यालाछें,चोछेँ, भोलाछेँ,महालक्ष्मी, थालाछेँ,साःकोलां, थाथुलाँ , क्वाथण्डौ, पुगेर दिपंकर विहारमैं पुगेर सम्पन्न गरिएको थियोे । कार्यक्रममा स्वागत संयोजक अष्टलाल मानन्धरले दिनु भयो भने धन्यवाद कार्यसमिति सदस्य सानुमाया मानन्धरले दिनु भयो । यात्रा युवा बौद्ध पुचःभक्तपुरका अध्यक्ष रत्नसुन्दर शाक्यको सभापतित्वमा कार्यक्रम संचालन तुलसीकाजी मानन्धरले गर्नुभयो । कार्यसमिति बाजा खलः साःकोलां, राष्ट्रिय ज्ञानमाला संघ भक्तपुर जिल्ला उपसमिति, गणेश ज्यासःपसः साकोथा, किशोर बज्राचार्यलाई मैत्री उपहार प्रदान गरिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
