बाजागाजा सहित रथ परिक्रमा सम्पन्न
बैशाख १८, २०८३, शुक्रबार | साँझ ०६:५८ बजे | 100
आज बुद्ध पुर्णिमा, सम्बत २५७० औं बुद्ध जयन्तीको दिनमा मुनिविहार, ईनाचो भक्तपुरको आयोजनामा बाजागाजा सहित रथ परिक्रमा सम्पन्न भएको छ । रथ परिक्रमामा ईन्द्रवर्त महाविहार गुँलाबाजा खलःईनाचो,विश्वकर्मा गुँलाबाजा खलः क्वाथण्डौ, कोनेया गुँलाबाजा खलःतेखाचो, दीपंकर ज्ञानमाला भजन खलः क्वाथण्डौ, जेँला ज्ञानमाला भजन खलः जेँला,लगायत विभिन्न संघसंस्थाका महानुभावहरू तथा उपासक उपासिकाहरूको सहभागिता थियोे । मुनि विहार दायक सभाका अध्यक्ष एवं वरिष्ठ उपासक रामकृष्ण बैद्यको सभापतित्वमा एक समारोह बिच सहभागी बाजा खलः र ज्ञानमाला भजन खलहरूलाई मुनि विहार भक्तपुरका विहार प्रमुख विपस्सी धम्मारामो महास्थविरज्यूले विहारको तर्फबाट मैत्री उपहार दिनु भयो । कार्यक्रममा उपाध्यक्ष विकासराज बज्राचार्यले धन्यवाद दिनुभयो । अन्तमा पुण्यानमोदन गरि यात्रा सम्पन्न गरियो । बिहान ७ बजे उपस्थितहरूलाई जलपान, ज्ञानमाला भजन प्रस्तुत,पश्चात् बुद्ध पुजा, धर्मदेशना दान प्रदान आदि कार्यक्रम भएको थियोे ।
फाेटाेमा हेर्नुहाेस्...
