२ दिने भाषणकला तालिम सम्पन्न
बैशाख १९, २०८३, शनिबार | दिउँसो १२:१० बजे | 25
मध्यपुर स्काउटकाे रजत जयन्तीकाे अवसरमा २०८३ बैशाख १७ र १८ गते अायाेजित "२ दिने भाषणकला तालिम सु-सम्पन्न भएकाे छ । मध्यपुर थिमि नगरपालिकाभित्र सञ्चालित १६ अाेटा ईकाईहरूबाट ३२ जना स्काउटहरूकाे सक्रिय सहभागिता रहेकाे उक्त तालिममा प्रशिक्षकहरू भुवनचरण श्रेष्ठ, हरिबहादुर श्रेष्ठ, विश्व श्रेष्ठ, तुल्सीहरि प्रजापति, दिव्यश्वरी श्रेष्ठ तथा राेजी तामाङले भाषणकलाका फरक-फरक बिषयमा सहभागीहरूलाई सहजीकरण गरेका थिए । साे तालिम पश्चात् सञ्चालित समापन समाराेहमा प्रमुख अतिथिकाे मन्तव्य राख्नुहुँदै मध्यपुर थिमि नगरपालिका, वडा नं. ५ का वडाध्यक्ष श्री बालकृष्ण मंद्याे श्रेष्ठले सहभागीहरूकाे मनाेबल बढाई अाजकाे बदलिंदाे समाजकाे लागि स्काउट शिक्षा अपरिहार्य भएकाे बिचार व्यक्त गर्नुभयाे । साथै, विशेष अतिथि शिक्षा शाखा अधिकृत सुनेश अधिकारीले सफल जीवनमा भाषणकलाकाे महत्वमाथि प्रकाश पार्नुभयाे । स्थानीय प्रमुख अायुक्त तुल्सीहरि प्रजापतिकाे सभापतित्वमा सम्पन्न उक्त समापन समाराेहमा स्वागत तथा धन्यवाद मन्तव्य क्रमश: सदस्यता वृद्धि अायुक्त भुवनचरण श्रेष्ठ तथा सल्लाहकार हरिबहादुर श्रेष्ठले राख्नुभएकाे थियाे । युनिफाइड क्यूका राेभर-रेञ्जरहरू सनिशा राई, इला श्रेष्ठ, ईच्छा श्रेष्ठ तथा ले स्वयम्-सेवककाे भूमिका निर्वाह गर्नुभएका थिए भन्ने रेञ्जर ईच्छा श्रेष्ठले सञ्चालन गर्नुभएकाे साे कार्यक्रमा सहभागीहरूकाे तर्फबाट स्काउटद्वय तुलज प्रजापति र प्रनिशा खड्काले अाफ्ना सिकाइ अनुभव सुनाउनुभएका थिए र प्रशिक्षकहरूकाे तर्फबाट विश्व श्रेष्ठले अाफ्नाे सहजीकरण अनुभव सुनाउनुभएकाे थियाे । उक्त तालिका मध्यपुर थिमि नगरपालिका वडा नं. ५ कार्यालयकाे अार्थिक सहयाेगमा सञ्चालन भएकाे थियाे ।
फाेटाेमा हेर्नुहाेस्...
.jpg)