२५७० बुद्ध पूर्णिमा मां नेंवाँपूच यें र जेष्ठ नागरिक समाज नेपालले मनायो
बैशाख १८, २०८३, शुक्रबार | साँझ ०५:५१ बजे | 125
प्रताप राना
काठमाडौ मिति २०८३ वैशाख १८ गते २५७० ओं बुद्ध पूर्णिमा,चण्डी पूर्णिमाकाे शुभ उपलक्ष्यमा कलंकी मां नेवाँ पुच यें र जेष्ठ नागरिक समाज नेपाल कलंकीले वडा १४ का अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्य र प्रभाकर महर्जनको सभापतित्वमा कलंकी स्थित कृपा दरवार भेनुमा विभिन्न गन्यमान्य विद्वान महानुभावहरूकाे गरिमामय उपस्थितिमा एक विशेष समारोहवीच भब्य र सभ्य ढंगले शान्ति पैदलयात्रा कार्यक्रम र विभिन्न पूजापाठ गरि २५७० ओं बुद्ध पूर्णिमा बुद्ध दिवस मनाइएको छ।उक्त समारोहमा विभिन्न वक्ताहरू जेनासनेका अध्यक्ष चिरञ्जीवी कडेल,दिलिप नाथ याेगि,डा लक्ष्मण शाक्य ,भन्टे भिक्षु भिमुताे,प्राडा माेहन तिमिल्सिना ,ध्यान गुरु ध्रुव लामा,नवीन मानन्धर ,डा दयाराम श्रेष्ठ ,मुकुन्द ढकाल र अन्य वक्ताहरूले बुद्ध ज्ञान र उनको महिमावारे प्रकाश पारेका थिए।
फाेटाेमा हेर्नुहाेस्...
.jpg)