सूर्योदयको आयोजनामा इप्सन वादविवाद प्रतियोगिता
साउन २९, २०८१, मङ्गलबार | विहान ०५:३८ बजे | 30
सूर्योदय सेकेण्डरी स्कुल, खँचा (हनुमानघाट), भक्तपुरको आयोजनामा इप्सन अन्तर विद्यालय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । भक्तपुरका ११ वटा नीजि तथा संस्थागत विद्यालयहरूको संस्था इप्सनको बोर्ड कार्यक्रम अन्तर्गत आयोजित सो प्रतियोगिताको पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम संस्थाका सचिव तथा विद्यालयका प्रिन्सिपल विजय कर्माचार्यको सभापतित्व तथा संस्थाका अध्यक्ष जि.वि खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सूर्योदयका संस्थापक रामगोपाल कर्माचार्य, सञ्चालक महेन्द्रगोपाल कर्माचार्यले समेत आफ्ना भनाईहरू राख्नुभएको थियो । प्रतियोगितामा छात्रतर्फ क्रमश: ग्लोबल एकेडेमी, क्वालिटी इ.स्कुल, बिमल मेमोरियल विद्यापीठ, इडन गार्डेन इ. स्कुलले प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्न सफल भएको थियो भने छात्रातर्फ भने इडन गार्डेन स्कुल, हिमाल एकेडेमी, विमल मेमोरियल स्कुल र मदरल्याण्ड इ. स्कुलले पहिलोदेखि सान्त्वना स्थान हासिल गर्न सफल भएको जानकारी विद्यालयका सह प्रिन्सिपल जयप्रकाश तामाङले गराउनुभएको छ । भने इप्सनले हरेक वर्ष विद्यार्थी तथा शिक्षकहरूको सीप तथा व्यक्तित्व विकास हुने खालका कार्यक्रम नियमित रूपमा गर्दै आएको जानकारी इप्सन सचिव एवम् सूर्योदय स्कुलका प्रिन्सिपल विजय कर्माचार्यले गराउनुभयो ।