औषधि व्यवसायीका समस्या र सुझावबारे भक्तपुरमा थोक व्यवसायीहरूको भेला सम्पन्न


जेठ २४, २०८३, आइतबार | राति ०९:०७ बजे | 210


औषधि व्यवसायीका समस्या र सुझावबारे भक्तपुरमा थोक व्यवसायीहरूको भेला सम्पन्न

भक्तपुर । नेपाल औषधि व्यवसायी संघ भक्तपुर जिल्ला शाखाले औषधि व्यवसायीहरूबीच समन्वय, अन्तरक्रिया तथा व्यवसायसँग सम्बन्धित समस्या, गुनासा र सुझाव संकलन गर्ने उद्देश्यले थोक व्यवसायीहरूको भेला सम्पन्न गरेको छ।

भक्तपुरस्थित होटल डाँछीमा आयोजित कार्यक्रममा जिल्लाभरका थोक औषधि व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा व्यवसायीहरूले औषधि क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या, चुनौती तथा सुधारका उपायबारे छलफल गरेका थिए।

भेलालाई सफल बनाउन नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) बागमती प्रदेशका अध्यक्ष धुर्ब नारायण श्रेष्ठ, प्रदेशका थोक उपाध्यक्ष बद्री प्रसाद श्रेष्ठ तथा बागमती प्रदेशका महासचिव राजु श्रेष्ठले विशेष भूमिका निर्वाह गरेको बताइएको छ।

नेपाल औषधि व्यवसायी संघ भक्तपुर जिल्ला शाखाका अध्यक्ष नारायण प्रसाद भुसालले कार्यक्रममा सहभागी प्रदेश नेतृत्व तथा जिल्लाभरका थोक व्यवसायीहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्। उनले व्यवसायीहरूबीच नियमित भेटघाट, अन्तरक्रिया र सुझाव आदानप्रदानले औषधि व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

संघले आगामी दिनमा पनि सदस्यहरूको हकहित, व्यवसायिक समस्या समाधान तथा औषधि क्षेत्रको विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

फाेटाेमा हेर्नुहाेस्...

औषधि व्यवसायीका समस्या र सुझावबारे भक्तपुरमा थोक व्यवसायीहरूको भेला सम्पन्न

Comments

ताजा खबर