शब्दयात्रा सम्मान आठजनामा समर्पण
जेठ २५, २०८३, सोमबार | राति ०७:२९ बजे | 35
शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान’ समर्पण गरियो । उहाँलाई कोष व्यवस्थापक शिक्षासेवी रमेश पौड्यालले टीका, माला, उपहार, किरीट र भेटी तथा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले अभिवन्दनापत्र समर्पण गर्नुभयो । प्रा. डा. गजेन्द्र शर्मामा ‘शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान’ समर्पण गरियो । उहाँलाई कोष व्यवस्थापक शिक्षासेवी निर्मला श्रेष्ठले टीका, माला, उपहार, किरीट र भेटी तथा प्रा. डा. प्रेमनारायण अर्यालले अभिवन्दनापत्र समर्पण गर्नुभयो । डा. मायादेवी शर्मालाई ‘शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान’ समर्पण गरियो । शारीरिक अस्वस्थताका कारणले उहाँ कार्यक्रममा उपस्थित हुन नसक्नुभएकाले उहाँका तर्फबाट डा. छत्रपति दाहाललाई कोष व्यवस्थापक समाजसेवी नारायणप्रसाद वैद्यका तर्फबाट साहित्यकार लीलादेवी श्रेष्ठले टीका, माला, उपहार, किरीट र भेटी तथा प्रा. डा. गजेन्द्र शर्माले अभिवन्दनापत्र समर्पण गर्नुभयो । यसै गरी इन्दिरा दलीलाई ‘शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान’ समर्पण गरियो । उहाँलाई कोष व्यवस्थापक व्यवसायी आनन्दराज श्रेष्ठले टीका, माला, उपहार, किरीट र भेटी तथा पूर्वसचिव चन्द्रबहादुर खड्काले अभिवन्दनापत्र समर्पण गर्नुभयो । डा. सरस्वती आचार्यमा ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ समर्पण गरियो । उहाँलाई कोष व्यवस्थापक शिक्षासेवी निर्मलाकुमारी यगोलका तर्फबाट डा. इन्दुल केसीले टीका, माला, उपहार, किरीट र भेटी तथा इन्दिरा दलीले अभिवन्दनापत्र समर्पण गर्नुभयो । आर. सी. रिजाललाई ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ समर्पण गरियो । उहाँलाई कोष व्यवस्थापक समाजसेवी बेलप्रसाद श्रेष्ठका तर्फबाट पत्रकार प्रदीप केसीले टीका, माला, उपहार, किरीट र भेटी तथा डा. सरस्वती आचार्यले अभिवन्दनापत्र समर्पण गर्नुभयो । साथै हरि कोर्कालीमा ‘शब्दयात्रा कल्याण लम्साल सिर्जना सम्मान’ समर्पण गरियो । उहाँलाई कोष व्यवस्थापक कवि कल्याण लम्सालका तर्फबाट हास्यव्यङ्ग्यकार शारदाप्रसाद शर्माले टीका, माला, उपहार, किरीट र भेटी तथा आर. सी. रिजालले अभिवन्दनापत्र समर्पण गर्नुभयो । नगेन्द्रराज रेग्मीलाई ‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ समर्पण गरियो । उहाँलाई कोष व्यवस्थापक साहित्यकार गीता अधिकारीले टीका, माला, उपहार, किरीट र भेटी तथा हरि कोर्कालीले अभिवन्दनापत्र समर्पण गर्नुभयो । सम्मानका क्रममा सम्मान्य व्यक्तित्वको परिचय हरि मञ्जुश्रीले गराउनुभएको थियो भने लोकेन्द्र ढकालले उहाँहरूको अभिवन्दनापत्र वाचन गर्नुभएको थियो । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको थियो ।
