शब्दयात्रा प्रकाशनमा सम्मान समर्पण समारोह सम्पन्न
जेठ २५, २०८३, सोमबार | विहान ०८:५२ बजे | 35
शब्दयात्रा प्रकाशनद्वारा आयोजित सम्मान समर्पण तथा पुस्तक एवं गानको सार्वजनिकीकरण कार्यक्रम यही २०८३ जेठ २३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा २०८३ सालमा समर्पण गर्नुपर्ने सम्मानमध्ये पहिलो चरणमा आठ विधाका सम्मान समर्पण गरियो भने एउटा महाकाव्य र दुइटा गानलाई सार्वजनिक गरिए । केदारनाथ तिमल्सिनाले सभापतित्व, कालिका त्रिपाठी पन्तले उद्घोषण, इ. रोशन मञ्जुश्री अधिकारीले स्वराङ्कन तथा छायाङ्कन गर्नुभएको उक्त कार्र्यक्रमको उद्घाटन प्रा. केदारनाथ श्रेष्ठले, कार्यक्रमबारे जानकारी हरि मञ्जुश्रीले, सामग्री व्यवस्थापन शारदाप्रसाद शर्मा र अमृत अधिकारीले, समापन नवराज दाहाल ‘उत्साही’ ले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न महानुभावहरूले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि पुस्तकहरू उपहार दिनुभएको थियो । निनु चापागाईं, सुकन्या वाइबा, प्रा. डा. सावित्री श्रेष्ठ, डा. कुमारी लामा, रत्नकुमार श्रेष्ठ, ज्ञानमणि नेपाल कालोटोपी आदिसहित विभिन्न साहित्यकार, पत्रकार तथा शिक्षासेवीहरूको उपस्थिति थियो ।
