ख्वपमा उद्यमीका अनुभवहरुबारे चर्चा
चैत १४, २०८०, बुधबार | विहान ११:२९ बजे | 45
सुनिता गाइसी
भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा एन्टरपेनर्शिप सपोर्ट प्रोग्राम अन्तगर्त विभिन्न सेसनहरु संचालन भैरहेको छ । यसै क्रममा बुधबार उद्यमी तथा इन्जिनियर कृष्णभक्त दुवालले प्रशिक्षार्थीहरुलाई सफल उद्यमी बन्नको लागि आवश्यक त्तत्वहरु राजनैतिक, भौगोलिक, सामाजिक, आर्थिक हुन भनी चर्चा गर्नुभएको थियो । उहाँ नेपाल इको प्यानलका सिइओ पनि हुनुहुन्छ ।
कुनै पनि बस्तु निमार्ण गर्नु ठूलो कुरा होइन, ती बस्तुहरुको बिक्री गर्नु महत्वपुर्ण कुरा हो भनी उहाँंले विशेष जोड दिनुभएको थियो । यसका लागि प्रत्येक उद्यमीले बजारको अध्ययन गर्नु आवश्यक छ । यसको साथै उद्यमीलाई सामाजिक संजालले पनि विशेष सहयोग गर्ने गरेको अनुभब उनले पोखे । त्यसैले उद्यमीले आफनो व्यवसायलाई प्रचारप्रसार र प्रर्वधन गर्नको लागि विभिन्न सामाजिक संजालको प्रयोग गर्नु पर्दछ, उहाँंले भन्नुभयो । यस्तै उद्यमीले उपभोक्ताका आवश्यकता वा माग के छ भनी बुझनु जरुरी छ, उहाँंले भन्नुभयो, कस्तो बस्तुले बढी बजार लिन्छ भनेर पनि अध्ययन गर्नु पर्दछ ।
नयाँ बस्तु तथा सेवाको उत्पादन गर्न सकेमा मात्र त्यसले बजारमा अधिकार जमाउन सक्दछ, उहाको अनुभब थियो । स्थानीय स्रोत साधनको उपयोग गरी व्यवसाय सुरु गरेमा यस्ता व्यवसायहरु दिगो रुपमा अगाडि बढन सक्दछ भन्ने विषयमा प्रशिक्षक दुवालले जोड दिनुभयो । प्रशिक्षणको अन्त्यमा इएसपी कार्यक्रमका कोषाध्यक्ष प्रनेश बाटीले प्रशिक्षक दुवाललाई कलेजकोतर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...