ओखलढुंगा महोत्सव २०८१ आयोजना हुने


चैत १४, २०८०, बुधबार | विहान ०८:५१ बजे | 25


ओखलढुंगा महोत्सव २०८१ आयोजना हुने

ओखलढुंगा 

दोस्रो ओखलढुंगा महोत्सव २०८१ आयोजना हुने भएको छ । आयोजक ओखलढुंगा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी बैशाख ५ देखी १५ सम्म दोस्रो ओखलढुंगा महोत्सव गर्ने जनाएको हो । 

“स्थानीय उत्पादन, उद्योग, पर्यटन, तथा पुर्वाधार, मौलिक कला सस्कृति समृद्ध ओखलढुंगाको आधार” भन्ने मुल नाराका साथ जिल्लामा दोस्रो ओखलढुंगा महोत्सव गर्ने ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष क्षानेन्द्रकुमार मास्केले जानकारी दिए । जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन, संस्कृतिको जगेर्ना, कृषिको व्यवसायिकरण गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको अध्यक्षले मास्केले बताए । साथैे समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, ब्यापार, शिक्षा, स्वास्थ्य, र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने, आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्पादन तथा निकासी योग्य वस्तुमा जोड दिने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको उहाँले बताए । स्थानिय तथा स्वदेशी उत्पादन र उपभोक्तहरु विच प्रत्यक्ष पहिचान गराउने , जिल्ला र जिल्ला बाहिरका व्यवसायबीच व्यापार सम्बन्ध बढाउने लगाएतका उदेश्य महोत्सवबाट प्राप्त हुने उहाँको भनाई छ ।
उक्त महोत्सवमा कृषि, पर्यटन, घरेलु हस्तकला लगायत १५० भन्दा बढी स्टल राख्ने योजना रहेको छ । ओखलढुंगा उद्योग बाणिज्य संघ ओखलढुंगाको आयोजना र एआईके ग्रुप काठमाण्डौको सह—आयोजनामा हुने महोत्सवमा ६० हजार भन्दा बढी दर्शक भित्र्याउने लक्ष्य रहेको छ । सिद्धिचरण नगरपालिका – १२ स्थित खेलमैदानमा हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बजोड प्रस्तुती रहने आयोजनकले जनाएको छ ।


Comments